काठमाडौं, ९ पुस । सरकारले ‘क्रिसमस डे’को अवसर पारेर भोलि आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शनिबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि क्रिश्चियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो ।












प्रतिक्रिया