३० आश्विन २०८३, शुक्रबार

कसका लागि काम गर्दैछन् प्रचण्ड ?

17.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्ततः प्रचण्डको राष्ट्रवाद समयको चक्रसँगै आएर देखिएको छ । १० वर्षे लामो जनयुद्ध, दशौँ हजारको मृत्यु हजारौको अंगभंगको तेजिलो राप सेलाउन नपाउँदै आखिर प्रचण्ड के का लागि यति धेरै व्यक्तिको वलिदानी लिन अग्रसर भए भन्ने कुरा अनादिकालसम्म यो विश्लेषणको विषय वन्ने नै छ । तैपनि परिवर्तनका खातिर यति लामो, ठूलो र विश्वलाई नै चकित पार्ने प्रचण्ड यति चाडै पतोन्मुख हुनेछ भनेर सोच्ने हिम्मत र साहस भने कसैले गरेका थिएनन् ।

विश्वलाई नै आश्चर्यचकित हुने गरी उदाएका प्रचण्ड जति छोटो समयमा हिरो वनेका थिए, त्यति नै द्रुत्ततर गतिमा ओरालो लागेको देख्दा प्रचण्डका राष्ट्रवाद, हिजोको परिवर्तनका नारा, सार्वभौम नेपालका कल्पना त केवल कुर्सी र आर्थिक लाभका लागि मात्र रहेको पुष्टि गरेको छ । जुन परिणामले अन्तत प्रचण्ड भोलि कहाँ जालान भन्ने विभिन्न कोणवाट वहसको विषय वन्न थालेको छ । प्रचण्ड आफैमा सीमित व्यक्ति होइनन् उनी त पटक पटक देशका प्रधानमन्त्री समेत वनेका सार्वजनिक व्यक्ति हुन् ।

जसको निर्णयले गर्दा उहाँको व्यक्तिगत जीवनलाई गर्ने असर आमजनतालाई सरोकारको विषय वन्दैन तर हरेक निर्णयले समग्र नेपाल र नेपालीको भाग्य भरोशामा अडिएको हुँदा सर्वत्र चासोको विषय वन्नु अनावश्यक होइन । जव मानिस विचार र चेतनावाट विमुख हुँदै जान्छ, त्यसको दीर्घकालीन असरले समग्र पुस्ता र देशमा नै असर गर्दछ । त्यहि चेतना विहिन उन्मुख प्रचण्डका हरेक गतिविधि देश र जनतालाई अन्धाकारको भुमरीमा पार्दैछ । यहि भूमिकासँगै प्रधानमन्त्री प्रचण्डका हिजोका भूमिका र आजका भूमिकालाई आम जनताले नजिकवाट नियाली रहेका छन् । जनताहरु सोँच्दै छन् । के हिजोका प्रचण्ड र आजको प्रचण्ड एउटै हुन् ?

द्वन्द्वलाई शान्तिपूर्ण तवरवाट अवतरण गरेर चुनावमार्फत पहिलो शक्तिमा उदाएका तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डमाथि नेपाली जनताको ठूलो आड र भरोशा रहेको थियो । परिवर्तनका खातिर जनताले माओवादी र प्रचण्डलाई ठूलो पार्टी वनाएको थियो । ठूलो पार्टीको शक्ति उन्मादसँगै सरकारमा गएको माओवादी प्रचण्डको साख त्यहि वेलादेखि नै गिर्न थाल्यो । परिवर्तनका लागि भन्दै सामाजिक वस्तुस्थितिलाई नजरअन्दाज गरी सत्ता र शक्तिको उन्मादले गर्दा ३ महिनापछि नै स्वाभाविक अवकाशमा जाने तत्कालीन प्रधानसेनापति रुक्मागंत कटुवाललाई हटाएर माओवादीले आफनो खुटामा वन्चरो हान्यो ।

देश नै माओवादी वनेको आभास गरेका प्रचण्डको त्यहि उन्मादले नै आजको दिनसम्म आईपुग्दा प्रचण्ड र नेकपा माओवादी पार्टी विघटनको दिशातर्फ उन्मुख वनिरहेको छ । देश र जनतालाई नै अनिश्चय र अनिर्णयको भुमरीमा हालिरहेको छ । यहि विवेक शून्य वनेका प्रचण्डका हरेक निर्णयले आज देशमा नै अराजकता र राष्ट्रिय स्वाभिमान, देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनतामा नै आँच आईरहेको छ । जुन हरेक नेपालीका लागि दुखद पक्ष हो ।

समयको चक्रसँगै प्रचण्डको राष्ट्रवाद र भारत नीति प्रष्ट वनेको छ । पटक पटक सरकारको नेतृत्व गरेर पनि जनताका जनजीविकालाई सम्वोधन गर्न नसकेको प्रचण्डको असली स्वरुप प्रकट भएको छ । नौ महिनाका कागजमा सहि गरेर नेकपा एमालेको राष्ट्रवादी सरकार ढालेर भारतको डिजाइनमा वनेको प्रचण्ड सरकारका कार्यकाल केहि समय मात्र बाँकी रहेको छ । संविधान कार्यन्वयनका लागि ०७४ माघ ७ गतेभित्र तीनै वटा निकायको चुनाव गर्नुपर्ने दायित्व वोकेको प्रधानमन्त्री प्रचण्ड भने विवादरहित सीमांकन र नागरिकता जस्तो विषयलाई ल्याएर आफनो कार्यकाल लम्वाउने मात्र होइन, देशलाई नै असर गर्ने र विदेशीको हातमा देशलाई सुम्पने डिजाइन संसदमा ल्याएर हंगामा मच्चाउदैछ ।

सीमांकन हेरफेर संघीय संसदले मात्र गर्ने सक्ने संवैधानिक व्यवस्था हुँदाहुँदै संविधानको समेत वेवास्ता गरी जसरी पनि एमालेलाई कमजोर बनाइ अगामी चुनावमा जितहात पार्ने अभिष्ट पालेको छ । सीमांङ्कनको हेरफेर गर्ने स्थानीय जनता र संघीय आयोगलाई मात्र अधिकार भएता पनि प्रचण्डको भारतपरस्त नीतिले गर्दा मिलेर वसेको नेपाली जातजातिबीचमा लडाइँ चर्काउन उद्यत रहेको पाईन्छ । मधेशवादी दललाई समेत सहमतिमा ल्याई संविधानमा सवैको स्वामित्व गराउने भनि गरिएको संविधान संशोधनको नाराले गर्दा कतै प्रचण्डको भुमिका भारत परस्त त छैन भन्ने हरेक कोणवाट आलोचना हुन थालेको छ । मधेशवादी दलको लागि भनेर दर्ता गरिएको संविधान संशोधन मधेशवादी दलवाट समेत अमान्य भनिसक्दा पनि प्रचण्ड भने जसरी पनि संविधान संशोधन गराई छाडने आत्मरतिमा रमेको छ । प्रचण्डको यहि भुमिकाका कारण प्रचण्ड कसका लागि र के का लागि संविधान संशोधनमा लागिरहेको छ भन्ने कुरा छर्लङ्ग पारेको छ ।

विचार र विवेक शून्य भईसकेपछि हरेक व्यक्तिको व्यवहार अराजकतामा रुपान्तरण हुने गर्दछ, त्यसको संकेत नै प्रचण्डका रोईलो हो । देश र जनतालाई परिवर्तन र संविधानलाई सफल कार्यन्वयन गरि निश्चित समयभित्र तीनै निकायको निर्वाचन गरेर देशलाई निकाश दिनुभन्दा अझै पनि केहि समय सत्ता र शक्तिमा रम्न सकिन्छ कि भन्ने आत्मरतिमा प्रचण्ड घोत्लिएको देखिन्छ । जुन प्रचण्डको आत्मरति शिवाय केहि हुन सक्दैन ।

प्रचण्डका वढ्दो उन्मादले पहिलो दलवाट तेश्रो दलमा खुम्चिएको प्रचण्ड र सो पार्टीको भुमिका के हुने हो भन्ने कुरामा अव धेरै घोत्लिन पर्देन । यहि आश त्रासको विचमा वगेको प्रचण्डका दिनचर्या, योग र भोगको वीचमा घोत्लिएको प्रचण्ड स्वयं थाहा छ, भोलिका मेरा जीवन यो अवस्थामा रहने छैन, यहि विश्मयले प्रचण्ड जसरी हुन्छ कार्यकाल लम्वाउने अनेकौ हत्कण्डामा लाग्ने नै छन् । जुन केहि समयमा अरु प्रस्फुटन हुने नै छ । यद्यापी देश र जनताका वर्खिलाप गर्ने निर्णयका विरुद्ध सम्पूर्ण जनता एकतावद्ध भई संघर्ष गर्नुको विकल्प छैन ।