५ मंसिर २०८३, शनिबार

सेनाका सकल दर्जालाई निःस्वार्थ काम गर्न प्रधानसेनापतिको निर्देशन

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वी पृतनाअन्तर्गतको सङ्खुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री भीमकाली गुल्मको शुक्रबार निरीक्षण गर्नुभएको छ ।

सो क्रममा उहाँले गुल्मको वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायतबारे जानकारी लिनुभएको थियो ।

निरीक्षणपछि सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले राष्ट्रिय निकुञ्ज सुरक्षामा निःस्वार्थ र उच्च मनोबलका साथ अनुशासित ढङ्गले काम गर्न निर्देशन दिनुभयो ।