काठमाडौँ, २४ भदौ । पुँजीबजारमा आएको हालैको परिवर्तनबाट हतोत्साही नहुन लगानीकर्तालाई सरकारले आग्रह गरेको छ ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले मंगलबार नेपाल स्टक एक्सचेन्जको अवलोकनेपछि आयोजित कार्यक्रममा लगानी प्रवृत्ति र आर्थिक सूचकाङ्कका आधारमा पुँजीबजार घट्नुपर्ने कुनै पनि कारण नभएको बताउनुभयो ।
हल्लाका भरमा बजार घटिरहेको हुँदा आम लगानीकर्ताले वास्तविक विश्लेषण गरेर मात्र लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सरकार लगानीकर्तालाई पूर्ण विश्वास दिलाएर अघि बढ्न चाहन्छ, सोहीअनुसार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले लगानीकर्ताको सुरक्षा गर्नुपर्छ । यस कार्यका लागि सरकारले पूर्ण सहयोग गर्छ ।”
धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले नियमनकारी निकायले धितोपत्र बोर्डसँग सहकार्य गरेर पुँजीबजारसम्बन्धी नीति ल्याउनुपर्ने बताउनुभयो ।
नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले लगानीकर्ताको मनोबल घटेकाले मात्र बजारमा नकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो । रासस















प्रतिक्रिया