काठमाडौं, ८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई हातपात र कालोमोसो दल्ने दुई युवालाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राखिने भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्बोच्च अदालतभित्रै लोकमानलाई कालोमोसो दल्ने क्रममा बिहिबार पक्राउ परेका विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रबहादुर बुढालाई अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
दुबै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको एसएसपी प्रद्युम्न कार्कीले जानकारी दिए ।
सार्वजनिक अपराधको अभियोग प्रमाणित भए दुबै जनालाई एक वर्षसम्म कैद सजाय हुनसक्छ ।











प्रतिक्रिया