३० आश्विन २०८३, शुक्रबार

मैले सोचे जस्तो हुने भए…

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भनिन्छ, “मेनि एनिमल्स ईन द वर्ल्ड, सम आर मोर ईक्वाईल देन अदर्स” मान्छे सजिव मध्येको एक प्राणी जो अरु प्राणी भन्दा फरक किसिमले बाँचेको हुन्छ । यो जगतमा जहाँ हरेक जिवहरु बाँचीरहेका हुन्छन् । उसलाई जन्माउने आमाको कोखबाट सुरु भएको सिकाई प्रक्रिया मृत्यु परेन्त सम्म चलिरहन्छ । यो बिचमा मनोविज्ञानका विभिन्न अवस्था पार गर्नु पर्ने हुन्छ । बाल्यकाल देखिको उसको अनुभव बुढेसकाल सम्म कहानी बनिसक्छ । अनि त्यहि कहानीलाई आफ्ना सन्तानहरुलाई तथा छिमेकीका सन्तानहरुलाई साँझ पख हुक्कामा तमाखु तान्दै सुनाइरहेको हुन्छ । भनिन्छ नि “आनेवाला कल एक सपना हे, गुजराहुवा कल बस् अपना हे”

नभनौँ भन्दा पनि वितेको समय उसका लागी टाइमपास गर्ने माध्यम बन्छ बुढोभएपछि । त्यही मानव समुदायको एक बुढो पहाडी बस्ति, छरपुष्टिएका घरहरुको समुहको सदस्य घरमा जन्म लिन्छ । अरु गाउँका केटाकेटी जस्तै वालापन बित्छ, गाई बस्तु संग । छुट्टिमा गोठालो जानु, असोजको लहलह झुलेका धानका बाला संग खेल्नु वा त्यसबाट निस्कने मिठो संगित संग रमाउनु, असारे गित संग धान रोपाई गर्नुु, उसको दौत्तरी संग माटोका खेलौना बनाई रमाउनु, उसको बालापनका क्रियाकलापहरु हुन् । समयको बेग आफ्नै गतिमा चलिरहन्छ । त्यसै किसिमले भगवानले दिएको यो जिवन पनि समयसंगै बालक यूवा हुदै बुढेसकाल सम्म पुग्छ । अब उ त्यहि प्रक्रिया अनुसार यूवा अवस्थामा पुग्छ । उसको मनमा सोच आउँछन् मैले पढ्नुपर्छ ठुलो मान्छे बन्नुपर्छ, विवाह गर्नु पर्छ, नेता बन्नुपर्छ, रङ्गकर्मि बन्नुपर्छ, यस्तै यस्तै । एउटा गितका शब्दमा भनेजस्तै “ जिवन सोचे जस्तो हुन्न चाहे जस्तो हुन्न” । तर संर्घर्षका पाईलाहरु बढाईराख्ने उसको चाहाना छ । गाउँले जिवनको स्वादमा हुर्किएको, न उसलेगाडी चढेको अनुभव छ, न उसलाई टेलिभिजन भन्ने थाहा छ । गोठालो जाँदा छुट्टीको समयमा केबल रेडियो उसको साथी बनेको हुन्छ । अब उसले प्रबेशिका परिक्षा पास गर्छ । घरको सल्लाह बमोजिम अब पढ्न भनेर सहर पठाउने निर्णय हुन्छ । गाउँको सोझो अब उ सहरको कल्पना गर्छ । गाडीहरु कस्ता होलान् ? मान्छे के फरक होलान् ? के काम गर्छन् होलान् ? यस्तै यस्तै ।

यस्तै २०५०/०५२ तिर पढ्न भनेर उसलाई काठमाण्डौ पठाईन्छ । जुन सहरलाई बुढापाखाहरुले नेपाल भन्ने गथ्र्ये । दुई दिनको पैदल यात्रा पछि गाडीघाटमा पुग्दा गाडी देखेर अचम्मित हुन्छ । साथै उसलाई डर पनि लाग्छ । बाटोभरि झ्याल बाहिरको आनन्द संग रमाउने चाहाना त होईन उसको तर पहिलो यात्रा भएकोले बान्ता गर्ने समस्याले सताउँछ । बल्ल एक डेढ दिनको लामो बसको यात्रापछि गन्तव्यमा पुग्छ काठमाण्डौँ । उसले कल्पना गरेको भन्दा फरक पाउँछ सहरका मान्छेको क्रियाकलाप, भौतिक संरचना प्रकृति र अन्य मानव बाट निर्मीत बस्तुहरु । बुवाले भनेका थिए उसलाई “पढेर ठुलो मान्छे बन्नुपर्छ, बुवाआमाको ईज्जत राख्नुपर्छ, चोरी डकैती, झैझगडा जस्ता बदनाम हुने काम कहिल्यै गर्नु हुदैन” भनेर । ठ्याक्क त्यहिबेला देशमा द्धन्दले जरा गाडेको हुन्छ । दिनदिनै बन्द हड्ताल मारपिटले गर्दा उसको मानसपटलमा फरक सोच पैदा हुन्छ । अब त रेडियोको साटो उसले मान्छेलाई टेलिभिजनमा देख्छ र सुन्छ, समुन्द्र भित्र माछा संग मान्छे रमाएको देख्छ, आकासमा चरा जस्तै ठुलाठुला जाहाज मान्छे बोकेर उडेको देख्छ, विदेशमा नेता सहित उनिहरुको भाषण सुन्छ भने एकातिर विदेशमा पनि अशान्ती झै–झगडा सयौँको संख्यामा मान्छे मरेको देख्छ । लाग्छ, यो संसार पनि यस्तै अनि गितका शब्द सम्झन्छ–“त्यस्तै त्यस्तै छ नरोउ निरमाया संसार यस्तै छ” ।

विश्वका अरु देश यस देश भित्रका क्रियाशील सदस्यहरु देख्छ । चाहे खेलजगत होस्, चाहे राजनितीक होस्, चाहे विज्ञान चाहे त्यो प्रकृति नै किन नहोस् । द्धन्द संगै आफ्नो पढाईलाई निरन्तर दिन्छ । समय न हो मिहनेत गरे पछि सफल भईदो रहेछ भन्ने कुरा पास गरेर प्रमाणित गर्छ । द्धन्दको उग्ररुप देश प्रतिको चिन्ता एकातिर छ भने आफ्नो खुट्टामा उभिई जागिर खाएर विवाह गरेर नयाँ संसारमा आमाबुवाको सेवा गर्ने धोको अर्कातिर छ । यूवा भएर शिक्षाका हिसावले जागिर खोज्न विभिन्न कार्यालय धाउँछ । तर उ असफल यात्री झै डेरा फर्कन्छ । त्यो निर्दयी सहरमा आफुलाई एक्लो सम्झन्छ । ठुलावडाको नातेदार नभएकोले जागिर पाउन असफल भएको उसलाई भान हुन्छ । यूवा थियो, दही र दुध संग खाना खाएको हष्टपुष्ट शरिर हेर्दा सेकेण्ड लफ्टनेन्ट भन्दा कम थिएन । देशले कस्तो खोज्दो रहेछ त ? आफै अनुत्तोरित हुन्छ ।

स्पेनले ओलम्पिकमा यति स्वर्ण ल्यायो, अमेरिका पहिलो स्थानमा नै छ, बिटे«नको प्रदर्शन राम्रो नै छ । सचिन तन्दुलकर क्रिकेट सम्राट, सेरिना भिलेन, भेनम विलियम, त्रिस्चियानो रोनाल्डो बर्ष खेलाडी, लियोनन मेस्सि, माईकल फेल्स जस्ता विभिन्न खेलाडीको खेल हेरेर जितेको देख्दा आफूपनि नेपाली यूवा भएर केहि नगरेकोमा आफुलाई धिक्कार्छ । विश्वको कोही देश चन्द्रमामा पुगेको खबर बर्षन्छ तर नेपाल शान्तीका प्रतिक बुद्ध जन्मेको देश जहाँ हरेक दिन बन्द, झैझगडा आन्दोलन, खेलकुद देखि राजनिती सम्म सोमालिया जस्तै पछि परेको देख्दा प्राकृतिक विपद्मा परि ज्यान गुमाएको देख्दा, तराई आन्दोलनमा छोरो गुमाएर छटपटिरहेकी यूवती या महिलालाई देख्दा, पिठयूमा ५० किलोको भारी बोकेर उकालीको बाटो हिडी बालबच्चा पाल्नेहरुको व्यथा देख्दा, रेडियो तथा नेपाल टेलिभिजन बाट आपत तथा विपत्तीका घटनाहरुको समाचारहरु सुन्दा तथा देख्दा, सहरमा रोजगार नपाई विदेश जान खोज्दा असफल भएर देशको स्थिती नसुध्रिएको भन्ने भान भएर आफ्नो जन्मभुमी फर्कने विचार गर्छ । जहाँ उसको बालापन थियो । रङ्गीचङ्गी लालीगँुरासका कोणधारी जंगल कलकल बग्ने पानी, बसन्त जस्तै आ आफ्नै पहिचान बोकेका रितुहरु र आमालाई फोन गर्छ । आमा म त्यहाँ आउँछु । मैले सकिन आमा भनेर आमाको निश्चल माया पवित्र माया, बर्षैदखि भेट नभएर छट्पटिएको मन आउ छोरा दुख सुखका तिता मिठा कुरा गरौँला भन्ने उत्तर पाएपछि त्या मरुभुमी सहरको एक कोठाबाट आफ्नो डेरा जन्मभुमी लैजाने निश्चित गर्छ । गाडीघाटमा पुग्छ र घर हिड्नने बाटोमा संयौँ पटक, चेकजाँच हुँदा फेरि द्धन्दको बिचमा परेझै उ झस्कन्छ र घर पुग्छ । आफुले कहि गर्न नसकि घर फर्केको कुरा बुढा आमाबुवालाई सुनाउँछ । आखिर छोरा न हो । विभिन्न साहानुभुतीका साथ उसलाई अब घरमै बसेर केहि काम गर्ने सललाह दिन्छन् ।

फेरि उसको गाउँले जिवन सुरु हुन्छ । अनि हसिया, कुटो, कोदालो खेतिपातीको दिनमा अनि बाँकी दिनमा बाँसुरी संग पारी त्यो रानी वनको जंगलमा बाख्रे गोठालो । गाउँमा टिभी छैन रेडियो उसको साथी बन्छ दिनभरी गेठालो जान्छ बेलुका समाचार सुन्छ । बिदेशमा गएका नेपाली कामदारको ब्यथा सुन्छ । अनि आफुलाई नेपाली गोठालो भएकोमा गर्भ गर्छ । किनकी पल्लो गाउँको उसको साथी मलेसियामा ४५ डिग्री सेल्सीयसको तापक्रममा बाख्रा चराउँदा चराउदै मरेको घटना जिवितै थियो । उसले सोच्थ्यो प्रधानमन्त्रिको चार आँखा चार हात चार खुट्टा कसैको पनि हुँदैन तर उ जस्ता यूवालाई प्रधानमन्त्रि बनाएको भए के हुन्थ्यो । नौ बर्षमा १० वटा सरकार परिवर्तन हुने कस्तो प्रजातन्त्र ? उ चाहान्थ्यो रानीबनको विचवाट गाडी प्रकृतिको स्वाद, विदेशीलाई चखाउन पाए, कलकल बग्ने खोला, झरनाको उदेश्य विदेशीको क्यामरामा कैद भईदिएको भए, विश्वको खेलाडी जस्तै हाम्रो यूवा पनि चर्चित भई हामीले हौसला दिन पाउको भए, पुटिन, ओबामा,ओलान, मार्केल जस्ता नेताहरु नेपालमा पनि भईदिएको भए, एक बर्षमा सरकार परिवर्तन नभईदिएको भए, नेपाल एउटा भुपरिबेष्ठित मुलुक, पहाडी मुलुक, सगरमाथा, जस्तै अरु साना हिमालको उदेश्य हरेक देशको मानसपटलमा कैद भईदिएको भए, नेपाली युवाहरुले विदेशी दलालको दुःख नपाईदिएको भए । जुम्ला जस्ता स्याउ फल्ने जिल्लाको स्याउ विदेशी वजारमा पुर्याउन पाईदिएको भए । नेपाल जलश्रोतको धनी मुलुक सलल दक्षिण तिर बग्ने नदि बाट विद्युत उत्पादन भई १८, २० घण्टा लोडसेडीङ्ग खेप्नुनपर्ने हाम्रो सहरहरु उज्यालोले काँचुली फेरिदिएको भए, खेतियोग्य जमिनमा सिचाँई व्यवस्था भईदिएको भए, शताब्दि अनुसार विभिन्न प्रबिधि नेपालमा भित्र्याउने चाहाना ठुलावडामा भईदिएको भए । कुर्सि नै प्यारो छ, नेपाली जनता सोझा छन्, उल्टा सुल्टा जसरी मरेपनि हामी ठुलै मान्छे हौँ भन्ने सोच तथा कार्य नेताहरुले नगरी दिएको भए । स्विजरल्याण्डको कुरा गर्दा जुम्ला जस्तो जिल्लाको नामै नलिई काठमाण्डौँ पोखरा बुटवल, विरेन्द्रनगर, विराटनगर जस्ता सहरहरुलाई मात्र सम्झिने नेताहरुलाई के भन्ने होला ? तर एक मान्छे पढेलेखेको गोठालो जसले संघर्ष गर्दा गर्दैअसफल भई बाख्रा चराउन बाध्य भएर हिडेकोले सोचे जस्तो हुने भए ।

लेकगाउँ ८, थलि बझाङ्ग ।