४ मंसिर २०८३, शुक्रबार

लोकमानलाई कालोमोसो: विप्लव माओवादीले लियो जिम्मेवारी, कालोमोसो अभियान जारी रहने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई कालोमोसो लगाएको घटनाको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले जिम्मा लिएको छ ।

चन्द नेतृत्वको माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताले कार्कीमाथि कालोमोसो लगाएको जनाएको छ । संगठनले कालोमोसो दल्ने क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग पनि गरेको छ । ‘नेपालको नामुद भ्रष्ट र दलाल अख्तियार प्रमुख लोकमान सिंह कार्की माथि कारवाहीको क्रममा हाम्रो संगठनका केन्द्रीय सदस्य दोय प्रकाश शाही र चन्द्र बुढालाई पुलिस प्रशासनले गिरफ्तार गरेको घटनाप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’, अखिल (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ- ‘हाम्रा साथिहरुलाई बिनासर्त रिहाईको माग गर्दछौँ । साथै भ्रष्टाचार, कालोबजारी र महंगीविरुद्धको अभियान जारी छ ।’

‘दलालहरु’माथि कारवाही गर्ने क्रममा लोकमानलाई गरेको कारवाही सही भएको भन्दै संगठनका महासचिव दिपेन्द्र चलाउनेले ‘अन्याय’ गर्नेका विरुद्ध आफ्नो संगठन निरन्तर लडिरहने बताए । चलाउनेले आफ्ना पक्राउ परेका कार्यकर्तालाई रिहाई नगरे कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।