काठमाडौं, ७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै हातपात गर्नेको पहिचान खुलेको छ ।
सर्वोच्च अदालतमा खटिएको प्रहरी टोलीका अनुसार कार्कीमाथि हातपात गर्ने र कालोमोसो दल्ने दुबै जना नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता रहेका छन् ।
रुकुम घर भएका विप्लव माओवादीका कार्यकर्ता प्रकाश शाही र चन्द्र बुढाले लोकमानमाथि कालोमोसो दल्न खोज्दा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो । कालोमोसो लगाउने विप्लव माओवादी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य सदस्य दोय प्रकाश शाही र चन्द्र बुढा हुन् । उनीहरु विप्लव माओवादी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य हुन् ।
आफ्नो योग्यतासम्बन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाट सुरु भएको बहसमा पेशीका लागि अपराह्न अदालत पुगेका बेला कार्कीमाथि आक्रमण भएको थियो ।

कार्कीमाथि हातपात गर्ने युवकले ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।
यता विप्लव माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्माले पनि लोकमानमाथि आफूहरुले आक्रमण गरेको पुष्टि गरेका छन् । ‘देशभरिका भ्रष्टाचारी, राष्ट्रघाती र कालोबजारियाहरु हाम्रो संघर्षको निशानामा छन्,’ चेतावनी दिँदै प्रवक्ताले भने ।












प्रतिक्रिया