४ मंसिर २०८३, शुक्रबार

लोकमानमाथि सर्वोच्च अदालतमै हातपात, कालोमोसो दलियो

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै हातपात भएको छ । र, कालोमोसो समेत दलिएको छ ।

आफ्नो योग्यतासम्बन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाट सुरु भएको बहसमा पेशीका लागि अपराह्न अदालत पुगेका बेला कार्कीमाथि एक व्यक्तिले आक्रमण गरेका हुन् । उनको परिचय खुलाइएको छैन् ।

हातमा कालो मोसो लिएर पेशी लिने ठाउँमै पुगेर लोकमानलाई आक्रमण गर्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीमाथि हातपात गर्ने युवकले ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।