काठमाडौं, ७ पुस । आज दिउँसो १ बजेका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको छ ।
विहिबार संसद सचिवालयले सूचना टाँस गरी १० गते दिउँसो १ बजेसम्मका बैठक स्थगित भएको जानकारी दिएको छ ।
सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले पनि संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको जानकारी दिए ।
यता संविधान संशोधन प्रस्तावको विरोधमा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारलाई संशोधन फिर्ता गर्न बाध्य पार्न रणनीति बनाइरहेको छ । विहानै पार्टी मुख्यालयमा बैठक जारी छ ।
एमालेको निर्णय नआउँदै सभामुख ओनसरी घर्तीले संसद स्थगित गर्ने निर्णय लिएकी हुन् ।
संशोधन प्रस्तावले विगत एक महिनादेखि संसद लगातार अवरुद्ध हुँदै आएको छ ।
यो पनि पढ्नुस्ः












प्रतिक्रिया