काठमाडौं, ७ पुस । काठमाडौंको गौशालामा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
बुधबार राति अपरिचित समूहले प्रहार गरेको धारिलो हतियार प्रहारबाट सोनाम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा विजय गुरुङ हुन् । उनको नेपाल मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।
धालिलो हतियार प्रहार गर्ने समूह फरार रहको छ । उनीहरूको खोजी कार्य सुरु गरिएको प्रहरी भनाइ छ ।
धालिलो हतियार प्रहार गरेर हत्या गर्नुका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।












प्रतिक्रिया