काठमाडौं, ७ पुस । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले आह्वान गरेको उपत्यका बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित बनेको छ ।
बिहान छ बजेदेखि सुरु भएको बन्दका कारण सवारी साधनहरू सहज रुपमा चल्न नसकेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
बन्द सफल बनाउन हिँडेका अखिल क्रान्तिकारीका पाँच जना नेतालाई प्रहरीले रत्नपार्कबाट पक्राउ गरेको राष्ट्रिय जनस्वयं सेवकका संयोज सुदीप मल्लले जानकारी दिए ।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामबहादुर विक, लोकेश विकसहितका नेता तथा कार्यकर्ता रहेका छन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको विरोधमा विप्लव माओवादीले राजधानी उपत्यका बन्दको आह्वान गरेको हो । विप्लव माओवादीले मूल्यवृद्धि विरुद्ध यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आएको छ ।












प्रतिक्रिया