३ कार्तिक २०८३, मंगलबार

विश्वका युवा नेता किन प्रभावित भए बुद्ध र सगरमाथाको देश नेपालसँग ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

buddhaकाठमाडौं, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई गौतम बुद्धको जन्मभूमि  भन्दै गौरवकासाथ भारतीय स्वतन्त्रता दिवसका दिन भारतीय भूमिमै भन्नुभएको थियो ।

त्यसको चर्चा विश्वभरी नै भयो । मोदीले त्यसो भनेको केही समयपछि विश्वका विभिन्न देशका युवा नेताहरुले पनि गौतम बुद्धको पवित्र जन्मभूमि नेपालको खुलेर चर्चा गरेका छन् ।

उनीहरुले राजधानीमा मंगलबार बुद्धको सन्देश विश्वभर फैलाउन आफूहरु प्रतिवद्ध रहेको भन्दै नेपालको शीर उच्चो बनाएका हुन् ।

‘बुद्धको जन्मस्थल र विश्वको अग्लो शिखर सगरमाथाको देश नेपालको बारेमा प्रचार–प्रसार गर्न ५३ देशका युवा संगठनहरु लाग्ने छौँ,’  विश्व प्रजातान्त्रिक युवा संघको एशिया प्रशान्त क्षेत्रीय बैठकका निर्णय र काठमाडौँ घोषणापत्रबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनीहरुले भने ।

पत्रकार सम्मेलनमा श्रीलंकाका शिक्षा तथा मानवस्रोत मन्त्री दुमिन्दा देशनायकेले बुद्द जन्मस्थल नेपाल विश्वका शान्तिप्रेमीहरुको गन्तव्य हुने बताउनुभयो ।

विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष गिरिश फोण्डेले बाँकी विश्वलाई नेपाल बुद्धको पवित्र जन्मस्थल हो भन्दै शान्तिको सन्देश फैलाउन आफ्नो संगठन लाग्ने बताउनुभयो ।

संगठन अमेरिकी साम्राज्यवाद विरुद्ध लड्न  सन् १९४५ मा गठन भएको उक्त संगठनमा विश्वका ५३ देशका युवा संगठनहरु आबद्ध छन् ।
बैठकले दश बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । युवा संघ नेपालका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटवालले बैठक भव्यरुपमा सम्पन्न भएको भन्दै आगामी बैठक सन् २०१५ मा श्रीलंकामा बस्ने निर्णय भएको जानकारी दिनुभयो ।

 

एमाले सम्बद्ध युवा संघ नेपालको आयोजनामा भएको उक्त बैठकमा नेपाल, भारत, श्रीलंका, चीन, बंगलादेश, पाकिस्तान, भुटान र उत्तर कोरियाका १४ युवा तथा विद्यार्थी संगठनका नेताहरु सहभागि थिए ।