३ कार्तिक २०८३, मंगलबार

‘भर्खर रिहा भयौं, हामीहरुसँग मोबाइल छैन, त्यसैले कल नगर्नुहोला’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gunanidhi-Ghimire-and-Krishna-Upadhyayaकाठमाडौं, २४ भदौ। कतारमा नेपाली श्रमिकबारे वृतचित्र निर्माणका क्रममा पक्राउ परेका दुई नेपाली रिहा भएका छन ।

नर्वेस्थित एक मानवअधिकारसम्वन्धी च्यारिटीका लागि वृतचित्र बनाउन बेलायतबाट कतार पुगेका मानवअधिकारकर्मी  कृष्ण उपाध्याय र टेलिभिजन पत्रकार गुणदेव घिमिरे रिहा भएका हुनुभएको छ ।

कतारमा नेपाली श्रमिकबारे वृतचित्र निर्माणका क्रममा पक्राउ पर्नुभएका उहाँहरु आठ दिनपछि रिहा हुनुभएको हो ।

नेपाली मुलका उहाँहरुले रिहा भएलगत्तै मंगलबार सबेरै फेसबुकमा स्टाटस लेखेर आफुहरु रिहा भएको जानकारी गराउनुभएको हो ।

त्यसको केहिबेरपछि बेलायतस्थित आफ्ना परिवारलाई टेलिफोन गरेर उहाँहरुले रिहा भएको जानकारी गराउनुभएको थियो ।

फेसबुक  स्टाटसमा घिमिरेले भर्खर रिहा भयौं, उड्नका लागि अझै दुई दिन पर्खिनुपर्नेछ भनेर लेख्नुभएको थियो ।

उपाध्यायले पनि फेसबुककै स्टाटसमा आफुहरु रिहा भएको र दुई दिनपछिको फलाइटमा फर्किने जानकारी गराउनुभएको छ ।

श्रमिकहरुसँगको भिडियो अन्तरवार्ता रेकर्ड गरेर बेलायत फर्किने क्रममा गत अगष्ट ३१ तारिखदेखि एकाएक बेपत्ता उहाँहरु हिरासतमा रहेको भन्दै कतारको विदेश मन्त्रालयले स्थानीय कानुनको उल्लघंन गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको थियो ।