४ मंसिर २०८३, शुक्रबार

रुपन्देही अध्यक्ष तिवारीको हत्याको कारण राजनीतिक भएको युवा संघको दाबी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ५ पुस । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको सोमबार भएको हत्याको घटनाले मुलुकको राजनीतिलाई तरंगीत बनाएको छ ।

उनको हत्यामा संलग्न भएको भन्दै रुपन्देही प्रहरीले रुपन्देही देवदहका मनोज पुनको खोजी थालेको छ । प्रहरीका अनुसार तिवारीको हत्यामा पुनको प्रत्यक्ष संलग्नता भएको भनिएको छ ।

तर, तिवारीको हत्या राजनीतिक कारणले भएको भन्दै युवा संघ नेपालको नेतृत्वले प्रहरीको प्रारम्भिक दाबीलाई मान्न तयार भएको छैन । युवा संघका केन्द्रिय उपाध्यक्ष राजु गुरुंगले मंगलबार बुटवलमा तिवारीको हत्या विरुद्ध आयोजित कोणसभालाइ सम्बोधन गदै भनेका छन् “दुर्गा तिवारीको हत्या राजनीतिक कारणले भएको हो । उनी जसरी अखण्ड ५ नम्बर प्रदेशको पक्षमा थालिएको आन्दोलनको मोर्चामा थिए त्यसबाट डराएर विखण्डनकारी तत्वले उनको हत्या गरयो ।”

सभालाई सम्बोधन गर्दै उपाध्यक्ष गुरुंगले आक्रोशित शैलीमा भने “हामी चेतावनी दिन चाहन्छौं । दुर्गाको हत्यारालाई पानी मुनि गए पनि छाड्ने छैनौ ।”

गुरुंगले इतिहांसलाइ केलाउदै युवाहरुले पञ्चायत विरुद्ध आन्दोलन थाल्दा चन्द्र सूर्य छदासम्म पन्चायत ढल्दैन भनेर भाषण ठोक्ने मरिचमान अहिले गुमनाम भए जस्तै प्रचण्ड सरकार पनि युवा संघको आन्दोलनबाट सत्ताच्यूत हुने तर्क गरे ।

प्रहरीले घटनालाई तोडमोड गर्ने ध्ययेले केही प्रचार थालेको भन्दै त्यसप्रति युवा संघले आपत्ति प्रकट गरेको छ । संघका सचिवालय सदस्य देवराज पोखरेलले भनेका छन् “दुर्गाको हत्या राजनीतिको कारणले भएको देखिएको छ । तर प्रहरी प्रशासनले जे पायो त्यहि प्रचार गरिरहेको छ । प्रहरी प्रशासन गम्भीर भएन भने त्यसको मूल्य महंगो चुकाउन बध्य हुनेछ । ”

युवा संघले गृह प्रशासनले घटनालाई अन्यत्र मोड्ने ढंगले दुर्गाको हत्यारा पत्ता लाग्यो, केही पक्राउ भए भन्दै गलत प्रचारबाजी गरेको आरोप लगाएको छ । संघका अन्चल उपाध्यक्ष कुलेन्द्र पुनले भने “प्रहरी प्रशासनले गलत प्रचार गरिरहेको छ त्यो तत्काल रोक्न आग्रह गर्दछौं । हाम्रो अध्यक्षको हत्या भएको छ तर यहां प्रहरी प्रशासनलाई मजाक लागीरहेको छ । तत्काल गम्भिर भएर छानबीन नगरे त्यसको नतिजा भयानक हुन्छ ।

यता हत्यारा पत्ता लागेर कारबाहिको दायरामा नआउदां सम्म युवा संघले अनिश्चित कालको लागि मंगलबारदेखी आह्वान भई लागु भएको रुपन्देही बन्दलाई निरन्तरता दिने निर्णय गरेको संघका जिल्ला सदस्य चक्र बहादुर थापाले जानकारी दिए ।