
– नरेश केसी
भैरहवा, ५ पुस । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको आशंकामा ३ जना पक्राउ परेका छन् ।
बुटवलका डीएसपी मुकुन्द मरासीनीका अनुसार घटनाबारे सोधपुछ र अनुसन्धानका लागि देवदहस्थित खैरेनीबाट शंकास्पद ३ जनालाई रुपन्देही प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनीहरुको नाम खुलाइएको छैन् ।
आफै पनि घटनाको अनुसन्धानमा खटिएका डीएसपी मरासीनीले पक्राउ परेका व्यक्तिबाट घटनाको कारण खुल्न सक्ने र यसबारे बुधबार थप विवरण सार्वजनिक गरिने बताए ।
उनका अनुसार सोमबार एमाले रुपन्देहीका नेतालाई फोन गरेर आफ्नो नेतृत्वको समूहले गोली हानी हत्या गरेको दाबी गर्ने मनोज पुनको फोन र आवाजबारे पनि अनुसन्धान भइरहेको छ ।
यसैबीच घटनाको अनुसन्धान गर्न नेपालको प्रहरीको उच्चस्तरीय टोली रुपन्देही आइपुगेको छ ।











प्रतिक्रिया