२८ आश्विन २०८३, बुधबार

‘कुन पार्टीको मान्छे मारियो त्यो नहेरौँ, जो मारिए पनि उ नेपाली हो’ (भिडियो रिपोर्ट)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुन पार्टीको मान्छे मारियो ? त्यो नहेरौँ । जो मारिए पनि उ नेपाली हो । नेपालको सपुत हो ।

सरकारमा बसेका प्रधानमन्त्रीले बिद्रोहको धम्की दिँदै गर्दा र ५ नम्बर प्रदेश मात्र नभएर संघीयताको बिरुद्ध आन्दोलनको कडा बिगुल फुकेको बुटवलको छेउँमै संबिधान संशोधनको बिरोध गर्दै गरेका रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी ज्यान लिइएछ ।

रुपन्देहीमै पाँच नम्बर प्रदेश टुक्राउने निर्णयविरुद्ध आन्दोलनको नेतृत्व गर्ने उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई पनि गोली हानेर मार्ने प्रयास भैसकेको छ यसअघि नै ।

संघीयताका कट्टर विरोधी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कसो अहिलेसम्म गोली दाग्न बाँकी छन ।

आन्दोलनमै रहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा विजुक्छेले भर्खरै सार्वजनिक कार्यक्रमबाटै भारतले नेपालका नेताको हत्याको योजना बनाएको दाबी गरेका थिए । त्यसको लगत्तै रुपन्देही घटना भयो । अब यस्तो घटना काठमाडौंमा पनि हुने होकि भन्ने आशंका उब्जिएको छ ।

हेर्नुस् भिडियो रिपोर्टः