भैरहवा, ५ पुस । प्रहरीले एमाले सम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल फेला परेको छ ।
हत्या भएको ठाउँ देवदहको खैरहनी बजारबाट दक्षिणी पश्चिमी क्षेत्र मणिग्रामको कान्छी बजारमा मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारिएको हो ।
बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल १ सय ५० सिसीको रातो रंगको छ । मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्ररम्भिक अनुसन्धानले देखाएको छ ।
गोली हानेपछि भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीहरूले मुख्य राजमार्गमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल छाडेको अनुमान प्रहरीको छ ।
‘मोटरसाइकलबाट साँचो समेत ननिकाली स्टार्ट अवस्थामै छाडेर भागेको देखिएको छ’, प्रहरी उच्च स्रोतले भन्यो ।
यसैबीच, प्रहरीले तिवारीको हत्यामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको जनाएको छ ।











प्रतिक्रिया