३० आश्विन २०८३, शुक्रबार

देउवा र पौडेलमाथि गुटबन्दी गरेको सुशीलको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koiralaकाठमाडौं, २४ भदौ । कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आफू बिरुद्ध पार्टीभित्र गुटबन्दी गरेको भन्दै आक्रोश पोखेका छन् ।

लामो समयपछि सोमबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनले यसरी आक्रोश पोखेपछि बैठकसमेत अघि बढ्न सकेन ।

बैठकमा पौडेलले सम्वैधानिक तथा राजनीतिक सम्वाद समितिमा भएको सहमति र विवादका बिषय सभासद्हरुलाई जानकारी गराउनासाथ कोइरालाले सुशासन समितिमा जानु छ भन्दै मन्तव्य राखेका थिए ।

मन्तव्यको सुरुदेखि नै आक्रोशित बनेका कोइराला करिव १५ मिनेट बोलेपछि बैठकलाई केही नभनी बाहिरिए । बैठक सुचारु गर्ने या अन्त्य गर्ने भन्नेबारे संसदीय दलका नेता एवं प्रधानमन्त्री कोइरालाले केही पनि बोलेनन् ।

वरिष्ठ नेता देउवा र उपसभापति पौडेलले आफूहरुमाथि लगाइएको आरोपको प्रतिवाद गरेपछि बैठक स्थगित गरिएको थियो । देउवा र पौडेलले प्रतिवाद गर्दा कोइराला बैठकबाट बाहिरिइसकेका थिए ।

स्रोतका अनुसार कोइरालाले देउवाले समानान्तर रुपमा खुलेको डेमोक्रयाटिङ लयर्स एसोसियसन (डिएलए) विशेष अधिवेशनलाई सम्वोधन गरेकोमा र पौडेलले वीपी विचार पदयात्रा कार्यक्रममा आफूलाई उपेक्षा गरेको भन्दै आक्रोश पोखेका हुन् । पार्टीका कार्यक्रम र बैठकमा बसेरै बोल्ने गरेका कोइराला सोमबार भने उठेरै जंगिएका थिए ।

कोइरालाले पार्टी र सरकार संचालनमा समेत देउवाको असहयोग भएको बताएका थिए । ‘तपाईले पठाएका मन्त्रीहरुले समेत मलाई सहयोग गरेनन । सरकार र पार्टी प्रभावकारी चलाउन सकेन भनेर मलाईमात्रै भन्ने,’ बैठकमा कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो पार्टीमा मेरो पनि ठुलो योगदान छ । सारा पार्टी बनाउनमा मैले दुःख गरेको छु । अहिले यस्तो अवस्थामा पुगें । पार्टी दलदलमा छ । यसको जिम्मा मैलेमात्रै लिने हो र ?’

कोइराला सुरुमा उपसभापति पौडेललाई नयाँ गुटबन्दी सृजना गरेको बताए । वीपी विचार पदयात्रा आफूसंग परामर्श नै नगरी सुरु गरिएको गुनासो कोइरालाको थियो । पौडेल संयोजक रहेको पार्टीको नीति प्रतिष्ठान तथा विभागले एक महिने पदयात्रा कार्यक्रम गरेको हो ।

यस अघि पनि प्रतिष्ठानकै तर्फबाट पौडेलले मेची-महाकाली अभियान सुरु गर्दा गुटबन्दी गर्न खोजेको भन्दै पौडेलप्रति आक्रोशित भएका थिए ।  ‘गुटबन्दी अन्त्य गर्छ’ भन्ने अनि आफै गुट बनाउदै हिड्ने रुु पौडेलप्रति कोइरालाको आक्रोश थियो । त्यसपछि कोइराला देउवातर्फ फर्किदै समानान्तर रुपमा पार्टी चलाउन खोजेको भन्दै कडकए ।  ‘शेरवहादुरजीले  मलाई सहयोग गर्न पर्दैन ? गुटको समानान्तर सस्था खोल्ने रु पार्टी चलाउने मेरोमात्रै कुरा हो ? पार्टी चलाउने जिम्मेबारी मेरो मात्रै हो,’ कोइरालाको आक्रोश थियो ।

बैठकमा सहभागि एक सभासदा अनुसार कोइराला कतिबेला आक्रोश र कतिबेला भावुक बनेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । उनले आफू निर्वाचित सभापति र संसदीय दलको नेता रहेको भन्दै सभासद्हरुप्रति आक्रोश पोख्न भ्याए । ‘तपाईहरु सबैलाई पार्टीले टिकट दिएको हो । मैले दिएको हो । तीन जनाले मात्रै पार्टी विगारे भनेर भन्ने’ कोइरालाको भनाई उत्धृद् गर्दै स्रोतले भन्यो, ‘पार्टीलाइृ बचाउने काम तपाईहरुको पनि होइन रु म मरेर गए पनि पार्टीलाई गुटबन्दी हुन दिन हुदैन ।’