५ मंसिर २०८३, शनिबार

सरकार पेलेर जाने पक्षमा, एमालेसहितका विपक्षी दलद्वारा संसदमा जोडदार अबरोध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । संसदको कार्यसूचीमा संविधान संशोधनको दोस्रो संशोधन २०७३ लाई राखेपछि आक्रोशित बनेको प्रमुख विपक्षी दल एमालेसहितका आठ दलहरूले आजको संसद बैठक अबरोध गरेका छन् ।

निर्धारित समयभन्दा निक्कै ढिला गरेर सुरु भएको आजको संसद बैठक सुरु हुनेवित्तिकै एमालेसहितका दलका सांसदहरू आ–आफ्नो सिटमा उभिएर बस्न मानेका थिएनन् । सरकारले आज पहिलो पटक संशोधन प्रस्तावलाई कार्यसूचीमा राख्न लगाएको थियो ।

उनीहरू बस्न नमानेपछि सभामुख ओनसरी घर्तीले बोल्नका लागि नेपाः पार्टीका सांसद लक्ष्मणलाल राजवंशीलाई समय दिएकी थिइन् ।

नेपाः पार्टीका सांसद लक्षमणलाल राजवंशीले अहिलेको संविधान संशोधनको प्रस्तावले नेपाल र नेपाली हार्ने बताए । उनले भने, ‘मुलुक जलिरहेका बेला आएको यो संशोधन प्रस्तावले नेपाल सुगौलीसन्धीका बेला भएको जस्तै खुम्चन्छ ।’

उनले हिन्दी भाषालाई कामकाजी भाषाको रुपमा ल्याउन भइरहेको प्रस्तावको विरोध गरे । ‘अंगीकृत नागरिकता, हिन्दी भाषा र सीमाङ्कन जस्ता विषय संवेदनशील छन्’, उनले भने, ‘राष्ट्रहीतलाई सबैले ध्यान दिनुपर्छ ।’

एमालेसहितका दलका सांसदहरूले आआफ्नो सिटमा उभिएर अबरोध गरेपछि सभामुखले संसदको बैठक पुस सात गते बिहीबार एक बजेसम्मका लागि स्थगित गरेकी छन् ।