अर्जुन काफ्ले
मलेसिया, २३ भदौ । मलेसियामा सुरक्षा गार्डका लागी आएका ३९ नेपालीको बिचल्ली भएको छ ।
तीन महिनासम्म पनि काम नपाउँदा उनीहरुको बिचल्ली भएको हो । काठमाडौँको कलँकीमा रहेको किट्स इम्पोमेन्ट सर्भिस म्यानपावरबाट सुरक्षागार्डमा २ लाख रुपैँयासम्म तिरेर आएका उनीहरुले अहिलेसम्म काम पाएका छैनन् ।
क्वालालम्पुरमा राखिएका उनीहरुलाई म्यानपावर कम्पनीले बस्ने होस्टलसम्म राम्रो व्यवस्थ ागर्न सकेको छैन । आएको भोलीपल्टबाटै काममा लाग्ने आश्वासन पाएर मलेसिया आए पनि हालसम्म काम नपाएको दर्वेशा मोरङ्गका रोहिणी चापागाईंले वताए । १२ घण्टा काम गर्दा १६ सय ५० आरएम कमाइ हुने भनेर मलेसिया आएपनि अहिलेसम्म काम नपाउँदा तनाव भएको चापागाईंले वताए । पहिलोपटक १० र पछि २९ जना मलेसिया आएपनि अहिलेसम्म काम नपाएर समस्यामा परेको उनले वताए ।
क्वालालम्पुरमा रहेको एडभान्स सेकुरिटीमा काम गर्न भनेर ल्याए पनि काम नपाएपछि ऋण कसरी तिर्ने भनेर चिन्ता थपिएको बाँकेका शरद सिंह ठकुरीेले वताए । काम नपाएको बारेमा पटकपटक नेपालको म्यानपावरमा जानकारी गराएपनि कुनै समाधानको पहल नभएकाले निराश थपिएको ठकुरीले वताए । तालिमका नाममा एक महिनासम्म निःशुल्क काम गराएपनि अहिले काम नलगेको मकवानपुरका पासाङ्ग रुम्वाले वताए । कम्पनीले होस्टलका नाममा कोठामात्र उपलव्ध गराएको र सुत्न पनि समस्या भएको रुम्वाले वताए । ‘कोठामा बस्न सक्ने अवस्था छैन, पटकपटक यहाँको एजेन्टलाइ जनाकारी गराउँदा पनि समस्या समाधान भएन् ।’ रुम्वाले वताए । यस विषयमा नेपाली राजदुतवास मलेसियामा समेत जानकारी गराएको तर समस्या ज्युँका त्युँ रहेको रुम्वाले जानकारी दिए ।
आज-भोलि काम दिने भन्दै ३ महिना वितिसक्दा पनि समस्याको समाधान नभएकाले बिचल्लीमा परेको पीडितहरु बताउँछन् । एडभान्स सेकुरिटीका कर्मचारी आएर खानाका लागी हप्तामा ५० रिङ्गेट दिने बाहेक अन्य काम नगरेको पीडितहरुको गुनासो छ । अहिलेसम्म पैसा नभएकै कारण घरसँग सम्पर्क हुन नसकेको प्युठानका प्रमोद सुनारले वताए । १० दिनमा ५० रिङ्गेट दिने भएपनि त्यसले ४ दिन पनि खाना खान नपुग्ने सुनारले वताए । राम्रो कमाइ हुने भन्दै मलेसिया आएपनि काम र दाम नपाउँदा समस्या थपिएको सुनारको गुनासो थियो । ‘छाक टार्न गाह्रो भयो, कसरी समस्याको सामाधान होला । समस्या लिएर वाहिर जान पनि समस्या छ, यहाँको कम्पनीको मान्छेले तनाव मात्रै दिन्छन् ।’ उनले वताए ।
म्यानपावरका डाइरेक्टर चित्र विशुखेले समस्याको सामाधान छिटै हुन्छ भनेर फोनमा आश्वासन दिने बाहेक अन्य पहल नभएको वुटवलका विनामणि भण्डारीले वताए । ‘पटक पटक म्यानपावरमा खवर ग¥र्यौँ, अहिले त फोन उठाउनै छोडे ।’ उनले भने । एक महिना अघि मात्र मलेसिया आइपुगेका भण्डारीलाइ म्यानपावरले पहिलो लटमा मलेसिया पुगेकाले काम पाएको र पछिल्लोपटक अन्य माग भएको भन्दै मलेसिया उडाएको थियो । तर, पहिला आउनेले नै काम नपाइरहेको अवस्थामा पछि थपिएकाको पनि त्यही हाल भएको भण्डारीले वताए ।
आएको ३ महिना भइसक्दा पनि न्यूनतम तलव पनि नदिएको र चिसो भुइँमा सुत्न बाध्य हुनु परेको विराटनगर यादव थापाले वताए । काम दिने पटकपटक मिति तोके पनि काम नपाएर थप चिन्ता थपिएको थापाको गुनासो छ । एक महिना तालिम भन्दै काम लगाएको र तलव मागेको भोलीपल्टबाट काम नै नदिएको थापाले वताए । भुइमा सुत्नुपर्ने भएकाले केही साथी बिरामी पर्न थालेकाले काम नदिए घर फर्काउन पर्ने पीडितको माग छ ।
यता बिचल्लीमा पार्ने म्यानपावरका लागी मलेसियामा नै काम गरिरहेका सुशील जिसीले भने समस्या भएको र सोको छिटै समस्याको सामाधान गर्ने वताए । यस विषयमा बुझ्न म्यानपावरको निर्देशक चित्र विशंखेको फोनमा फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
















प्रतिक्रिया