१९ कार्तिक २०८३, बिहिबार

गुल्मीमा महिलाले गरे हंगामा, विरोधमा प्रचण्डलाई पठाए अनौठो उपहार!

12.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, २९ मंसिर । गुल्मीका महिलाहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैची, फुलको माला, सिगो, धायो नेपालको नक्सा उपहार पठाएका छन् ।

सरकारले आफ्ना माग सुनुवाई नगरेपछी गुल्मीका महिलाहरुले बिरोध स्वरुप प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुगांनामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैची, फुलको माला, सियो, धागो नेपालको नक्सा उपहार पठाएका छन् । महिलाहरुले प्रधानमन्त्रीलाई कैची, फुलको माला, सियो, धायो नेपालको नक्सा उपहार पठाउने क्रममा केहि बेर तनाव समेत भएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा नाराबाजी सहितका महिलाहरु, सबै प्रमुख जिल्ला अधिकारीकोमा जान खोजेपछी प्रहरीले रोक्न खोज्दा केहिबेर धकेला धकेलको स्थिति समेत सृजना भएको थियो । प्रहरीले प्रशासन अगाडी बनाएको घेराबन्दी तोडेर प्रशासन परिसरमा पसेर नाराबाजी गरेका थिए । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा जारी १५ औं दिनको आन्दोलनमा गुल्मीमा महिलाहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रर्दशन गर्दै उक्त उपहार पठाएका हुन । बर्तमान सरकारले बिवादै नभएको जिल्लामा बिवाद थुपारि फुलको माला जस्तै गरि मिलेर बसेका जनतालाई कैचीले काटेझै गरि काट्ने काम भएको भन्दै उनिहरुले बिरोध स्वरुप धेरै थरि फुलको माला जस्तै गरि बसेका जनतालाई काट्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

महिलाहरुले पहाडी जिल्ला र तराई जिल्ला बिच भएको एकता, आत्मियता, रहन सहन र सांस्कृतिक साथै व्यापारीक रुपमा परस्पर सम्बन्ध रहि आएकोले सरकारले गरेको संविधान संशोधन प्रस्ताव तुरुन्त फिर्ता गर्न आग्रह गरे । महिलाहरुले हामी विभिन्न जात, धर्म र लिङ्गका मानिस एउटै मालामा उनिएका नेपालीको एकतालाई खलबल गर्ने प्रयास गरिएकोले तपाई कैंची बनेर एकतामा उनिएको हाम्रो मालालाई काट्ने कोसिस नगर्न चेताबनी दिए । महिलाहरुले बर्तमान सरकारबाट भएको दुश्प्रयासलाई कैची, माला र नेपाल आमाको नक्सा उपहार मार्फत ध्यान आकर्षण गराएका छन् । उपहार प्रदान गर्न नेकपा मालेकी संसद कमला बिश्वकर्मा सहित जिल्ला स्थित बिभिन्न संघसंगठनका महिलाहरु, स्थानियवासीहरुको सहभागीता रहेको थियो । महिलाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत आफनो आवाज जस्ताको तस्तै प्रधानमन्त्रीलाई पठाउन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी ढुगांनाले महिलाहरुबाट प्रप्त सामाग्रीको लिखत आजै प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए ।

गुल्मी बन्द १५ औं दिन पनि ठप्प, जनजिवन कष्टकर

लगातारको बन्दले गुल्मीको जनजिवन कष्टकर बनेको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा १५ दिन देखि अनिश्चितकालिन बन्दले जनजीवन कष्टकर बन्दै गएको छ ।

लगातारको बन्दले सर्बसाधारणको दैनिक कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् ।

जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सार, सिमलटारीका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका थिए ।

संबिधान संसोधनमाको बिरोधमा गुल्मीमा बुधवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पार्न धर्ना दिईरहेका छन् । अन्दोलनरत महिलाहरुको नेतृत्वमा,उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन, पत्रकार महासंघ, लोक दोहोरी प्रतिष्ठान, नागरिक समाज लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्नादिदै आएका छन् । धर्नाको कारण प्रमुख जिल्ला अधिकारी र स्थानिय बिकास अधिकारी, कर्मचारीलाई रोक लगाउँदै आएका छन् ।

गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ ।