काठमाडौं, २९ मंसिर । उर्जामन्त्री जनार्दन शर्माले एमाले निकट कर्मचारीहरूका कारण आफूले काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री शर्माले नेपाल विद्युत प्राधिकरणमा रहेका एमाले निकट कर्मचारीहरूको असहयोग आफूलाई रहेको संकेत गरेका हुन् ।
‘मैले लोडसेडिङ अन्त्य गर्ने गरेर काम गर्न खोजेको छु । योजनाहरू ल्याउने तयारीमा छु’, उनले भने, ‘सत्ताभन्दा बाहिर रहेको कुनै दलमा आस्था राख्ने कर्मचारी साथीहरूले असहयोग गरिरहनु भएको छ । सबैको असहयोग छैन ।’
एमालेप्रति असन्तुष्ट देखिएका उर्जामन्त्री शमाले भने, ‘लोडसेडिङमा केही व्यक्तिहरूले राजनीति घुसाउन खोज्दैछन् । एमालेलाई केही भन्ने पक्षमा म छैन । तर कर्मचारीहरूको धेरै सहयोग पाएको छैन ।’
भारतबाट बिजुली ल्याउने तयारी भइहरको बताएका उर्जामन्त्री शर्माले भने, ‘मै मन्त्री भएको तीन महिना बल्ल काटेको छ । यो अविधिमा भने अनुसार कसरी कम गर्न सक्छु ?’
राजधानी उपत्यकाभन्दा बाहिर बस्ने जनतालाई लोडसेडिङमा राखेर राजधानीलाई मात्रै लोडसेडिङमुक्त किन बनाउनु भयो भन्ने प्रश्नमा मन्त्री शर्माले भने, ‘काम गर्दैछु एक पटक त कहाँ हुन्छ र ? जिल्लामा रहेका जनताहरू यसमा खुसी नै छन् ।’











प्रतिक्रिया