१९ कार्तिक २०८३, बिहिबार

बलात्कारका आरोपी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jailबर्दिवास, २९ मंसिर । एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरीको बर्दिवासमा एकजना पक्राउ परेका छन् ।

झापा जिल्लाको महेशपुर–१ का २६ वर्षीय विष्णु राजवंशीलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

आजभन्दा २५ दिनअघि मङ्सिर ४ गते अपराह्न राजवंशीले बर्दिवास नगरपालिका–१० स्थित डाँडागाउँकी एक १३ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै फरार भएका राजवंशीलाई मङ्गलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो ।

राजवंशीविरुद्ध जबर्जस्तीकरणी मुद्दा चलाइने इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । रासस