१९ कार्तिक २०८३, बिहिबार

पूर्वप्रधानमन्त्री ओलीका पिता सम्मानित

11.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– राजकुमार ओली

झापा, २८ मंसिर । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पिता मोहन ओली गृह जिल्ला झापामा सम्मानित भएका छन् ।

समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याए बापत मंगलबार झापाको विर्तामोडमा रहेको ओली सामुदायिक भवनमा ओली बंश समन्वय समिति झापा र केन्द्रिय समितिले संयुक्त रुपमा पूर्व प्रधानमन्त्री ओलीको पिता मोहनसहितका ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

केपी ओलीका पिता झापा पृथ्वी नगरका ८० बर्षीय मोहन ओलीसहित ९१ वर्षीया पवित्रा ओली, लगायत विनोद ओली, गंगा ओली, मेदनी ओली, महेश्वरा ओली, धनपति ओली नरमाया लगायतलाई नापी विभागका पूर्व महानिर्देशक तथा ओली बंश समन्वय समितिका केन्द्रिय अध्यक्ष पुन्य ओलीले एक कार्यक्रमकाबीच सम्मान गर्नु भएको हो ।

सोही अवसरमा झापाका ओली परिवार मध्येका एसएलसीमा उत्कृष्ठ अंक ल्याउने अन्जना ओली र सिरज ओलीलाई समेत सम्मान गरिएको छ । अन्जना सुरुड्गा पशुपति उमाविबाट र सिरज विर्तामोडको बाल्मीकी फाउण्डेशनबाट उत्कृष्ठ अंक ल्याउन सफल भएका थिए ।

ओली बन्धुहरुले विर्तामोडमा संयुक्त रुपमा गोठ धुप समेत गरेका छन् । उनीहरुले गाउँ गाउँबाट भेला भएर ओलीहरुले एकैसाथ एकै स्थान विर्तामोडमा रहेको ओली सामुदायिक भवनमा गोठधुप गर्दै कुल देवता तथा पितृ देवताको पूजा पाठ गरेका हुन् ।

गोठधुपमा समितिका पूर्व केन्द्रिय अध्यक्ष सरोज ओली, केन्द्रिय सचिव केशवमणी ओली, केन्द्रिय सदस्य उमेश चन्द्र ओली, मानार्थ सल्लाहकार नारायण ओली लगायत ५सय धेरै ओलीहरुको सहभागिता रहेको थियो ।

झापाका कार्यबाहक अध्यक्ष मोहन ओलीको सभापतित्वमा भएको सम्मान तथा गोठधुप कार्यक्रम सचिव भवानी ओलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

रुद्र गौरी अम्बिका ओली स्मृति प्रतिष्ठानको समेत लगानीमा तीन करोड लगानीमा ओली सामुदायिक भवन सञ्चालनमा रहेको छ ।