१९ कार्तिक २०८३, बिहिबार

गोंगबुमा रक्सी पिलाएर युवतीको बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape-womenकाठमाडौं, २८ मंसिर । राजधानीमा एक युवतीको बलात्कार भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार टोखा नगरपालिका–१३ गोंगबुस्थित होटल ग्रिन नेपालको कोठामा १५ वर्षीया युबतीलाई ललाई फकाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको अभियोगमा बसपार्कस्थित बाग्लुङ्ग भगवती टिकट काउन्टरमा काम गर्ने बाग्लुङ, खुङ्गा–१ का २४ वर्षीय ललित पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।