काठमाडौं, २८ मंसिर । महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले राजधानीको जोरपाटीमा आइतबार भएको नयाँबस्ती प्रहरी विट आक्रमणमा छानविनको जिम्मेवारी पाएका छन् ।
सोमबार खनालको नेतृत्वमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानविन समिति गठन गरेर घटनाको अनुसन्धान अगाडि बढाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता हेमन्त मल्ल ठकुरीका अनुसार जिम्मेवारी पाएपछि एसएसपी खनाल सोमबारै देखि छानविनमा खटिएका छन् ।
ट्याक्सी चालकको मृत्युको विषयलाई लिएर आफन्तसहित स्थानीयको समूहले आइतबार प्रहरी विटमा आक्रमण गरेका थिए । त्यसक्रममा चौकीमा राखिएका मोटरसाइकल जलाउँदै प्रहरीमाथि पनि आक्रमण गरेका थिए ।
लगत्तै परिचालित थप प्रहरीले स्थिती नियन्त्रणमा लिई घटनामा संलग्न २२ जनालाई नियन्त्रणमा लिएको थियो ।












प्रतिक्रिया