१९ कार्तिक २०८३, बिहिबार

सहरी विकासमन्त्री केसी मंगलबार भारत प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjun-narshing-kcकाठमाडौं, २८ मंसिर । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसी मित्रराष्ट्र भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

नयाँदिल्लीमा मंसिर २९ देखि पुस १ गतेसम्म हुने एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरूको सहरी विकास तथा आवाससम्बन्धि छैठौं मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री केसी मंगलबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

सम्मेलनमा सहभागी हुन मन्त्री केसीसंगै सहरी विकास मन्त्रालयका सहसचिव एवं प्रबक्ता शिवहरि शर्मा र बरिष्ठ समाजशास्त्री पोस्टराज ढुंगाना पनि भारत प्रस्थान गरेका छन् ।

सम्मेलनलाई मन्त्री केसीले मंसिर २९ गते बुधवार सम्बोधन गर्ने कार्यक्रम छ ।

नयाँदिल्ली प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै मन्त्री केसीले सम्मेलनमा नेपालको आवास नीति, सहरीकरणको अवस्था, समस्या, चुनौती र नेपालले अपनाएको रणनीतिहरुका वारेमा सदस्य राष्ट्रहरुलाई जानकारी गराउने बताए ।

सम्मेलनले एशिया प्रशान्त क्षेत्रको सहरी विकास तथा आवास सम्बन्धी दिगो रणनीतिसहित नयाँदिल्ली घोषणापत्र जारी गर्ने बताइएको छ ।