१९ कार्तिक २०८३, बिहिबार

हजार–पाँच सय बाँड्दैमा राज्यको मिसन सफल हुँदैनः सांसद शेर्पा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa– नवराज श्रेष्ठ

रामेछाप, २८ मंसिर । नेपाली कांग्रेसका सांसद आङटावा शेर्पाले गैर सरकारी संघ संस्थाहरुलाई पैसा खुवाएर योजना आयोगको लक्ष्य सफल नहुने बताएका छन् ।

उनले सम्बन्धित मन्त्रालयबाट आएको बजेट सम्बन्धित निकायलेनै पूरा गर्नु पर्ने जिकिर गरे । रामेछाप सदरमुकाम मन्थलीमा सोमबार आयोजित बहुक्षेत्रीय पोषण योजना सम्बन्धि जिल्लास्तरीय अभिमुखिकरण गोष्ठीमा उनले संघ संस्थाहरुले खाममा हालेर हजार पाँच सय रुपैया बाँड्दैमा राज्यको मिसन सफल नहुने बताए ।

राष्ट्रिय योजना आयोगको सचिवालय, स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखा तथा जिल्ला विकास समिति रामेछापको आयोजना तथा सवल परियोजना रामेछापको सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा रनेकपा एमालेकी सांसद कमला सुवेदीले पोषण सम्बन्धि कार्यक्रमहरु गाउँगाउँसम्म पुगाउनु पर्ने बताइन् । उनले सुनौला हजार दिनको योजनाहरु सफल हुन परम्परागत संस्कारले चुनौति थपेको बताइन् ।