काठमाडौं, २७ मंसिर । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सोमबार पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।
विश्वविद्यलायको कार्यालय विराटनगर र सम्पर्क कार्यालय काठमाडौंमा क्रान्तिकारीले तालाबन्दी गरेको हो । विश्वविद्यालय सुधारको माग गर्दै २२ बुँदे ज्ञापनपत्र बुझाउँदा वार्तामा नबोलाई विश्वविद्यालयले मनखुसी ढंगबाट विद्यार्थीको हितविपरित काम गरेको भन्दै तालाबन्दी गरिएको क्रान्तिकारीका उपाध्यक्ष तथा पूर्वाञ्चल विश्वविद्यालय समन्वय इञ्चार्ज मदन चुडालले बताए ।
पूर्वाञ्चल विश्वविद्यालयका क्रान्तिकारी इञ्चार्ज गोपाल कार्कीका अनुसार वार्तामा बोलाई राखिएका माग उपर छलफल र सहमति नगरेसम्म तालाबन्दि खुलाउने कार्यक्रम रहेको छैैन् ।
उपाध्यक्ष चुडालले विद्यार्थीको अधिकारका लागि गरिएको मागका विषयमा विश्वविद्यालय गम्भिर नभएसम्म केही दिनका लागि विद्यार्थीलाई समस्या परेपनि क्रान्तिकारीले दिर्घकालिन सुधारका माग राखेका कारण कठिनाई नसम्झन आग्रह पनि गरे ।












प्रतिक्रिया