काठमाडौं, २७ मंसिर । शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीले दुई दिने राष्ट्रियस्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ ।
रामसपाका महासचिव एवम् प्रवक्ता केशव झाका अनुसार पुसको १ र २ गते काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्केटमा राष्ट्रियस्तरीय प्रशिक्षण कार्यक्रम हुनेछ । प्रशिक्षणमा अध्यक्ष भण्डारीका साथै पार्टीका पदाधिकारी र बरिष्ठ नेताहरूले प्रशिक्षण दिने छन् ।
मुलुकको पछिल्लो राजनीति र बदलिँलो अवस्थाका विषयमा जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता भइ चर्को बहस भइरहेका बेला मधेसी मोर्चामा आबद्ध रामसपाले राष्ट्रिय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।












प्रतिक्रिया