– नृप हमाल
हुम्ला, २७ मंसिर । हुम्लाको सदरमुकाम सिमिकोट माथिल्लो बजारमा रहेको कैलाश फर्निचर उद्योगमा मध्यराति आगलागी हुँदा सम्पूर्ण फर्निचर उद्योग जलेर नष्ट भएको छ ।
सिमिकोट माथिल्लो बजारमा रहेको फर्निचर उधोगमा शनिबार बिहान करिब पौने १ बजे बाट आगलागी शुरु भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र स्थानिबासीको सहयोगमा राती करिब पौने २ बजे आगलागी नियन्त्रण गरिएको थियो ।
फर्निचर उधोगमा रहेका सम्पूर्ण सामान मेशिन जलेको र करिब ४५ लाख बराबरको क्षति भएको उधोगका मालिक बलि रावतले बताए । बिद्युत सट भइ आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।













प्रतिक्रिया