२९ आश्विन २०८३, बिहिबार

पार्टीको सम्पत्ति बेचेर रकम बाँडफाँट गर्नुहुन्न भन्दा कमरेड निलम्बनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-sharma

काठमाडौँ, २३ भदौ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका एक केन्द्रीय निलम्बनमा परेका छन् ।

केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ लाई नेकपा–माओवादीले पार्टी नेतृत्वविरुद्ध अनर्गल प्रचार गरेको भन्दै निलम्बन गरेको जनाएको छ ।

महासचिव रामबहादुर थापाद्वारा जारी गरिएको विज्ञप्तिमा शर्मालाई मर्यादाविपरित तथा अनुशासनहीन काम गरेकाले निलम्बन गरिएकोउल्लेख छ ।

शर्माले चितवनको भतरपुरस्थित कृष्णपुरमा रहेको एमाओवादीको कार्यालय बिक्री गरी दुई पार्टीबीच रकम बाँडफाँटको तयारी भइरहेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए ।

एमाओवादीले सञ्चालन गर्दै आएको उक्त पार्टी कार्यालय नेकपा–माओवादीले पनि आफ्नो स्वामित्व रहेको दाबी गर्दै आएको थियो ।

शर्माले केही दिनअघि एमाओवादीको भट्टराई पक्षधर चितवन जिल्ला सदस्य रमेश रेग्मी ‘अमर’ सँग संयुक्त विज्ञप्ति प्रकाशित गरी जग्गा बेच्न लागिएको भन्दै नेतृत्वविरुद्ध आलोचना गरेका थिए ।

सचिव नेत्रविक्रम चन्द निकट मानिने शर्मालाई त्यही बाहनामा पार्टीले निलम्बन गरेको हो ।