३० आश्विन २०८३, शुक्रबार

के भारतले असल छिमेकीको भूमिका निभाएको छ ?

22.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi

– मीनबहादुर पण्डित

पृथ्वीनारायण शाहले त्यही बेला भनेका थिए- ‘दक्षिणको छिमेकी धूर्त छ होशियार रहनु । यदि भारतमा ब्रिटिश मात्र नआइदिएको भए आधा इन्डिया नेपालले खाइदिने थियो । ब्रिटिशले ठूलो इन्डिया बनाइ दिएर गएका हुन, अहिले हामीसँगै फुर्ती गर्न सुहाउँछ ?’

व्यापार व्यवसाय भनेको दुइतर्फी हुनुपर्दछ । आफ्नो चाँहि सबै कुरा बेच्न खोज्ने तर अरुको चाहि केही पनि किन्न नचाहने पनि असल छिमेकी हुन सक्छ र ? एउटा असल छिमेकीमा हुनुपर्ने गुण भारतसँग छ ? के भारतले असल छिमेकीको भूमिका निभाएको छ ? के नेपाली जनता भारतलार्इ असल छिमेकी मान्छन् ? छिमेकी भनेको अरुको दुःखमा मद्दत गर्ने हो कि अरुको दुःखको फाइदा उठाउने हो ? केही नेपाली नेताले भन्दैमा भारत असल छिमेकी हो भनेर मान्न सकिन्छ ? यी सवालहरु आज स्पष्ट रूपले खडा भएका छन् ।

हाम्रा बीर पुर्खाले ज्यानको बाजी थापेर अंग्रेजसँग लडेर यो देशलार्इ जोगाए, अब हामीले बलले होइन बुद्धिले भारतसँग लडेर यो देश बचाउनुपर्छ र बनाउनुपर्छ । किनकी अनेक जालझेल र परिबन्धमा पारेर भारतले नेपाललाई असफल राष्ट्र बनाउने कोशिष तीब्र रूपले गर्दै आएको छ । अनेक तरिकाले हरेक क्षेत्रमा भारतले नेपालमाथि प्रभाव पार्न खोजिरहेको छ । उसका अनेक स्वार्थ पूरा गर्न नेपाली राजनीतिज्ञहरुलाई बिभिन्न प्रलोभनमा पारेर प्रयोग गर्दै आइरहेको छ । त्यसैले हामीले भारतलार्इ हस्तक्षेपकारी भूमिका निर्बाह गर्नबाट बञ्चित गर्न सक्नुपर्दछ । पृथ्वीनारायण शाहले त्यही बेला भनेका थिए ‘दक्षिणको छिमेकी धूर्त छ होशियार रहनु । यदि भारतमा ब्रिटिश मात्र नआइदिएको भए आधा भारत नेपालले खाइदिने थियो । ब्रिटिसले भारतलाई ठूलो बनाइदिएका हुन, अहिले हामीसँगै फुर्ती गर्न सुहाउँछ ?’

लेखक
लेखक

भारतको नीति र नियत बुझेर पनि यदि कसैले भारतलाई जलबिद्युतमा लगानी गर भन्छ भने उसले कमिसन खानको लागि नै भनेको हो भनेर बुझ्नु पर्दछ । पोहोरसाल नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा नेपाली बिजुली किन्ने उदघोष गरेर गएका थिए । अनि नेपालमा पाँच सय र हज़ारका भारू चलाउने सहमति समेत गरेका थिए । त्यसैले कतिपय भारतीय पर्यटक नेपाल घुम्न आउदा भारू लिएर आउन थाले र नेपाली ब्यवसायीले पनि भारू स्वीकारे । तर, अहिले भारतीय पर्यटकले दिएको भारू नचल्दा कागज़को खोस्टा जस्तो भएको छ । अर्कोकुरा अहिले भारत सरकारले उसको देशको कम्पनीबाट लगानी भएको आयोजनाबाट मात्र नेपाली बिजुली किन्ने नीति लिदैछ भन्ने चर्चा सुनिँदैछ । यदि यो साँचो हो भने अब हामीले पनि नेपाली लगानी भएको भारतीय उद्योगको सामान मात्र किन्नुपर्छ । यदि उसले भारतीय लगानी नभएको आयोजनाबाट नेपाली बिजुली किन्दैन भने हामीले पनि नेपालीले लगानी नगरेको कुनै पनि भारतीय उद्योगको सामान किन्नु हुँदैन । अब हामीले भारतीय खाद्यान्न, तरकारी र फलफूलको आयात पनि क्रमशः घटाउँदै लाने नीति लिएर नेपालमै उत्पादन थाल्नुपर्छ । हाम्रो पनि माटो मलिलो छ, सिंचाईको लागि प्रशस्त पानी छ । जनशक्ति पनि छ । छैन त केबल उत्पादन गर्ने संकल्प र इच्छा शक्ति । भारतबाट सामान किन्नुको सट्टा बरु किलोमा २ रुपैया महंगो नै किन नपरोस तर नेपाली सामान नै किन्नुपर्छ । यसो गर्दा बजारमा रुपैयाको तरलता हट्छ र नेपाली रुपैँया बिदेशिनबाट बच्छ । अनि मात्र देश र जनता सम्पन्न हुनेछन । र, सकेसम्म भारततर्फ सिमाना बार्नुपर्छ अनि भारतीय आप्रबासीलार्इ रोक्नुपर्छ । ५० करोड़ बेरोजगारी भएको देशसँग खुल्ला सीमा राखेर कहिले पनि देश सुरक्षित र सम्पन्न हुन सक्दैन । अहिलेको तराईको समस्या र संविधान संशोधनको समस्या पनि तिनै भारततिरबाट आएकाहरुलाई अधिकार दिने कुरासंग सम्बन्धित छ । हामीले अहिले भारतको स्वार्थमा परेर हिमाल पहाड़ र तराई छुटायौँ भने हाम्रो तराईको बिकास हुन सक्दैन, किनकी खनिज, जल श्रोत, बन जंगल सबै कुरा बराबर बाडिन्न् ।

भारतले उसको देशको लगानी भएको उद्योगको मात्र बिजुली किन्छु भन्नुको मतलब नेपाली नदीनाला कब्जा गरेर तेस्रो देशको लगानी रोक्नु नै हो । लगानी पनि उसको अनी प्रयोग गर्ने पनि उहि रु ठाउँ पनि हाम्रो, नदी पनि हाम्रो तर उसको सोच नराम्रो । ठीक छ उसको लगानी बिनाको बिजुली नकिन्ने हो भने हाम्रो नदी र ठाउँ प्रयोग गरे बापत ५० प्रतिशत बिजुली हामीलाई सित्तैमाँ दिनुपर्छ, ३० बर्ष कटेपछि सम्पूर्ण स्वामित्व नेपाल सरकारको हातमा आउनुपर्छ । होइन भने जाबो अली अली राजश्व वा कर दिएको भरमा नदी भारतलाई दिन सकिन्न, किनकी भविष्यमा हाम्रा सन्ततिलाई बिजुली चाहियो भने हामीले अर्को नदी कँहाबाट ल्याउने रु यदि हामीले यसो गर्यौ भने हाम्रा सन्ततीले हाम्रो सधै आलोचना गर्ने छन । त्यसैले बरु खेर जावोस तर भारतलाई नदी बुझाउनु हुन्न । हामीले देश हित बिपरीत कुनै संधि र समझौता गर्नुहुदैन । हाम्रो बिजुली नकिनोस हामीलाई केहि फरक पर्दैन । हामी आफै सम्पूर्ण बिजुली प्रयोग गर्न सक्छौ । खाना बिजुलीबाट पकाऊ, ग्यास जोगिन्छ । बिद्युतीय रेल, बिद्युतीय सबारी साधन प्रयोग गरौ अरबौको पेट्रोल जोगिन्छ । उद्योगमा पनि बिजुली प्रयोग गरेर हामीलाई चाहिने सम्पूर्ण उपभोग्य सामान नेपालमैं उत्पादन गरौ । जसले रोजगारी पनि बढ्छ र देश पनि धनि हुन्छ ।

अहिले भारत सरकारले उसको देशको कम्पनीबाट लगानी भएको आयोजनाबाट मात्र नेपाली बिजुली किन्ने नीति लिँदैछ भन्ने चर्चा सुनिँदैछ । यदि यो चर्चा साँचो हो भने अब हामीले पनि नेपाली लगानी भएको भारतीय उद्योगको सामान मात्र किन्नुपर्छ । यदि उसले भारतीय लगानी नभएको आयोजनाबाट नेपाली बिजुली किन्दैन भने हामीले पनि नेपालीले लगानी नगरेको कुनै पनि भारतीय उद्योगको सामान किन्नु हुँदैन । अब हामीले भारतीय खाद्यान्न, तरकारी र फलफूलको आयात पनि क्रमशः घटाउँदै लाने नीति लिएर नेपालमै उत्पादन थाल्नुपर्छ ।

आजको सूचना प्रबिधि र इलेक्ट्रोनिक युगमा बिद्युतबिना हाम्रो दैनिकी सजिलोसँग चल्न सक्दैन । यातायात कलकारखानालार्इ पनि बिद्युत नै चाहिन्छ । घरमा बत्ति बाहेक खाना पकाउन, पानि तान्न, मोबाइल चार्ज गर्न, कम्प्युटर चलाउन बत्ति नै चाहिन्छ, त्यसैले बिद्युतबिना बिकास सम्भव छैन । एक त नेपालमा पेट्रोलियम पदार्थ उत्पादन हुँदैन, बाहिरबाट आयात गर्दा साह्रै महँगो परेको छ । ब्राजिलपछि नेपाल जलबिद्युतमा दोस्रो धनी भनिन्छ । ब्राजिलको एउटै आयोजनाबाट ४० हजार मेगावाट बिद्युत उत्पादन हुन्छ । भुटानको एउटै आयोजनाबाट २० हजार मेगावाट बिद्युत उत्पादन हुन्छ । संसारमा अत्याधुनिक उपकरण आइसक्यो, त्यसैले अहिले ८४ हजार होइन हामी २, ३ लाख मेगावाट बिजुली उत्पादन गर्न सक्छौ ।

नेपालको राजनीतिक अस्थिरता, कमिशन चक्कर, शान्ति सुरक्षा, बन्द हड्ताल नै बिद्युत बिकासका अबरोध हुन् । कुनै पनि योजना अहिले अलिकता महँगो परे पनि, अलिकता नेपाललाई घाटा भएपनि यसले दिर्घकालिन रुपमा फाइदा नै दिन्छ । उदारणका लागि अरुण थ्री आयोजनाको ९ रुपियाप्रति यूनिट महँगो भयो भनेर १० वर्ष अगाडि एमालेले बन्न दिएन । तर, त्यो आयोजना बन्दिएको भए अहिले धेरै सस्तो हुन्थ्यो, अहिले हामी १२ रुपैया पर यूनिट तिर्दैछौ । खेर गइरहेको पानीलाई भारत सदुपयोग गर्न चाहन्छ भने दिनुपर्छ तर भारतलार्इ मात्र गाली गर्नुको सट्टा विज्ञको सल्लाह लिएर उचित सम्झौता गर्न सक्नुपर्यो, तर यदि उचित तरिकाले भारत सम्झौता गरेर बनाउन चाहन्न भने ठिकै छ नबनाओस हामीलाई के फरक पर्छ र ? हामीले उसको बिजुली महंगोमा बर्षौदेखि किन्यौँ अब हाम्रो उत्त्पादन हुने अबस्थामा अनेक नीति गर्दैछ । यदी उसलाई जरुरत भयो भने नकिनी सुखै छैन । अब हामीले भारतको मात्र लगानी हुने गरि कुनै पनि आयोजना अगाडि बढ्न दिएर नदी कब्जा गर्न दिनु हुँदैन । समझौता भइसकेका आयोजनाको पनि सम्झौता रद्द गर्नुपर्छ । ठाउँ हाम्रो नदी हाम्रो अनि लगानी र प्रयोग चाँहि उसको ? अनि हामी लाटाले पापा हेरेको जस्तो हेरेर बस्ने ? बरु सरकारले आयोजनाका लागि शेयर खोलि दियोस । बिश्वभर छरिएर रहेका नेपालीहरुले लगानी गर्ने छन् ।

यदि माथिल्लो तामाकोशी नेपाली लगानी श्रम र सीपमा बन्न सक्छ भने अरु आयोजना किन बन्न सक्दैन । बरु चिनियाँ लगानी भित्रयाउँ र चीनतिर बिजुली बेचौँ, किनकी भारतको जस्तो घाँटी दबाएर चीनले सम्झौता गर्दैन । उसले नेपालको लागि पनि सहयोग र फाइदा पुग्ने गरि सम्झौता गर्छ । चीन आफ्नो साथ साथै अरुको पनि फाइदा हेर्छ । अमेरिकाले पनि आफ्नो देशमा जलाशययुक्त थुप्रै आयोजना बनाएर देशभर बिजुली पुर्यायो तर अहिले अरु देशलाई जलाशययुक्त आयोजना नबनाउ, बाताबरण बिग्रिन्छ, लाखौँ जनता बिस्तापित हुन्छन् भन्दैछ र बिदेशी लगानीकर्तालाई जलाशययुक्त आयोजनामा लगानी नगर्न निर्देशन समेत दिएको छ । त्यसकारण बिदेशी चलखेल र चाल नबुझेसम्म देश बिकास हुन सक्दैन, नत्र देश झन झन बर्बादीतिर धकेलिनेछ । सीमित ब्यक्तिलार्इ स्वार्थमा पारेर भारतले नेपाललार्इ सिक्किम वा भूटान बनाउन खोज्दैछ । मधेसीलार्इ अधिकार दिनुपर्छ भन्ने भारतले मदेसबासी नेपालीलार्इ भारतीय आर्मीमा लिएर देखाओस् । त्यसकारण भारतले नेपालमा अनेक समस्या सृजना गराएर कमजोर पारेर आफ्नो प्रभाब बढाउने चाल मात्र हो । त्यसैले देश बनाउने हो भने अब हामीले हाम्रो बुद्धि र बिबेक प्रयोग गर्ने पर्छ ।