१९ कार्तिक २०८३, बिहिबार

संशोधन प्रस्तावमा एमाले सहमत नहुने: रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim-rawal

डडेल्धुरा, २६ मङ्सिर । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले वर्तमान सरकारले संविधान संशोधनका लागि ल्याएका चारवटा प्रस्तावले वर्तमान समस्याको समाधान हुन नसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी डडेल्धुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले संशोधन प्रस्तावमा एमाले सहमत नहुने बताउनुभयो । नागरिकता, सीमाङ्कन, भाषा र जनसङ्ख्याका आधारमा भन्ने शब्द संविधान संशोधनबाट हटाई संविधानमा अरु कुराको कमी भए संशोधनका लागि एमालेले छलफल गर्न सक्ने उहाँको भनाइ थियो ।

“सरकारमै संलग्न रहेका दलका नेता संविधान संशोधनको विरुद्धमा छन्,” उहाँले भन्नुभयो । संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म एमाले निर्वाचनमा जान नसक्ने नेता रावलले बताउनुभयो । रासस