काठमाडौँ, २३ भदौ । अहिले संविधानसभामा निक्कै खल्लीबल्ली मच्चिएको छ । खल्लिबल्ली संविधानका विवादित विषयमा सहमति नजुटेकाले होइन । खल्लीबल्ली मच्चिनुको कारण हो । कांग्रेस सभासद् ओमदेवी मल्ल जोशीले पहिलेका पति किरण जोशीसँगको सम्बन्धलाई वाइवाई गर्दै एक डीएसपीसँग गुपचुप गरेको बिहे प्रकरण ।
ओमदेवीको गुपचुप बिहेले कांग्रेसका केही नेतामात्र होइन, राप्रपा नेपालका एक नेता समेत स्तब्ध भएका छन् ।
एमाओवादीका एक वरिष्ठ नेता पनि ओमदेवीले आफूलाई समेत चक्मा दिएकोमा छक्क परेका छन् । यति धेरै नेतालाई चक्मा दिनेगरी ओमदेवीले किन र कोसँग बिहे गरिन् भन्ने उनको पारिवारिक सर्कललाई समेत धेरै जानकारी छैन ।
स्रोतका अनुसार उनले बिहे गरेका डीएसपी ढकाल थरका रहेको बुझिएको छ । ती डीएसपीलाई ओमदेवीले ‘मुर्गा बनाएको’ चर्चा पनि चलेको छ । भोजपुर घर भएका ती डीएसपीले पहिलाको घरबार बिग्रिएको र ओमदेवीको पनि पतिसँग सम्बन्ध विच्छेद भएकाले उनीहरुले विवाह गरेको बुझिएको साँघु साप्ताहिकमा खबर छ ।
ओमदेवी राजनीतिकर्मी होइनन् । सहकारी क्षेत्रमा भने उनी डन नै हुन् । राष्ट्रिय सहकारी संघको भर्खरै सम्पन्न महाधिवेशनबाट महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी ओमदेवी सहकारी क्षेत्रमा लागेकै बेला धेरै मान्छेलाई बहमा पारेर करोडौं पैसा कमाउन सफलपात्रका रुपमा चिनिन्छिन् ।
उनी राजावादी कित्ताबाट गणतन्त्र आएपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निकट सम्बन्धका कारण माओवादी बनेकी थिइन् । नारायणकाजीलाई उनी दाजु भन्छिन् । तर, खासनातामा उनी नारायणकाजीकी सोल्टिनी हुन् । नारायणकाजीकी दिदीको नन्द ओमदेवीले नारायणकाजी स्थानीय विकासमन्त्री र परराष्ट्रमन्त्री भएका बेला धेरै मान्छेलाई आफ्नो दाइ भन्दै राम्रै कारोबार पनि गर्न भ्याएकी थिइन् ।
तर, दोस्रो संविधानसभा निर्वाचनका बेलासम्म उनी कांग्रेसका नेता मिनेन्द्र रिजालको धेरै नजिक पुगेकी थिइन् । एमाओवादीबाट भन्दा कांग्रेसबाट सभासद बन्न सहज बाटाहरु देखेपछि उनले सहज बाटो रोजिन ।
मिनेन्द्र रिजालसँग गहिरो सम्बन्ध अनि कांग्रेसकै नेता आरजु देउवादेखि अन्य पात्रलाई राम्रै चुनावी सहयोग गरेपछिउनी सभासद्समेत बन्न सफल भइन । तर यसबीचमा उनको परिवार भने बिग्रँदै गएकोथियो ।
उनका श्रीमानले ओमदेवीले गरेको हर्कतबाट आजीत भए पनि केही भनेका थिएनन् । बरु उनैले सम्बन्ध विच्छेद गरेर नयाँ व्यक्तिसँग सुटुक्क बिहे गरिन ।
उनले गरेको बिहेबारे केही सिमित व्यक्तिलाई थाहा भए पनि धेरैलाई जानकारी नै गराएकी छैनन् ।
















प्रतिक्रिया