– अनिल खत्री
गुल्मी, २६ मंसिर । सरकारले आफ्ना माग सुनुवाई नगरेपछी गुल्मीमा दिनानुदिन फरक–फरक खालको आन्दोलनको स्वरुप परिर्वतन हुँदै गएको छ ।
गुल्मीको आन्दोलनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ ।
आन्दोलनकारीहरुले सरकारलाई खवरदारी गदै आइतवार जिल्ला प्रशासन कार्यलय गुल्मीलाई मानव साङ्लो बनाई घेराबन्दी गरेका हुन । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा जारी आन्दोलनमा गुल्मीका बिभिन्न राजनितिक दल, उद्योग वाणिज्य संघ,नागरिक समाज, लोक तथा दोहोरी गीत प्रतिष्ठान स्थानिय वासीले बिरोध गर्दै बिरोध स्वरुप उनिहरुले घेराबन्दी गरेका थिए ।
वर्तमान सरकारले आन्दोलन चलिरहेको यतिका दिन बित्दा समेत कुनै सम्बोधन गर्न तर्फ मौन रहेको भन्दै उनिहरुले तुरुन्त सम्बोधन गर्नको लागी घेराबन्दी गरेको बताएका छन् । तराईबाट पहाडी जिल्ला टुक्राएर ल्याइएको संशोधन प्रस्तावको बिरुद्धमा चलेको आन्दोलनलाई खेलवाडको नलिन चेतावनी दिएका छन् । जनभावना विपरितको प्रस्ताव फिर्ता नहुन्जेल आन्दोलनका कार्यक्रमहरु यथावत रहने संघर्ष समितिले जनाएको छ ।
जिल्लाको सदरमुकाम तम्घासको जिल्ला प्रशासन अगाडीबाट उनिहरुले चारै तिरबाट घेराबन्दी गरि नाराबाजी समेत गरेका थिए । विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरेका थिए । कोणसभामा बोल्ने बक्ताहरुले सरकारलाई जनभावना विपरित कदम तुरुन्त फिर्ता लिन समेत चेतावनी दिएका छन् । जिल्लाको आन्दोलनलाई शसक्त बनाउन भन्दै यहि मंसिर २७ गते बृहत सभा गर्ने बताइएको छ । सभालाई ५ नम्बर प्रदेसबाट प्रतिनिधित्व गर्ने सभासद एबं जिल्लाका शिर्ष नेताले सम्बोधन गर्ने संयुक्त अन्दोलन समितिले गुल्मीलेृ जनाएको छ । आन्दोलनका कारण गुल्ममा भने कुनै पनि बिद्यालयहरु बन्द गरिएको छैन् । गुल्मीको आन्दोलनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले बताए । लगातार गुल्मी १२ दिन देखि बन्दहुदै आएको छ ।
गुल्मीमा बन्दकर्ताद्धारा २ वटा सवारी साधनमाथी तोडफोड, डेढदर्जन गाडी नियन्त्रणमा
बन्दको अबज्ञा गरेको भन्दै गुल्मीको अर्खलेमा २ वटा गाडीमाथी तोडफोड भएको छ । बन्दको क्रममा गाडी चलाएको भन्दै बन्दकर्ताले जिल्लाको अर्खलेमा मोटरसाइकल, जिप माथी तोडफोड गरेका छन् ।
बन्दमा गाडी चलाउन भन्दा भन्दै अटेर गरेर चलाएको भन्दै उनहरुले लु ६ प ९९१८ नम्बरको मोटरसाइकल, बा १० च ६१५२ नम्बरको जिप नियन्त्रणमा लिई तोडफोड गरेका छन् । बन्दकर्ताले तम्घासका बिभिन्न ठाउँमा र अर्खलेमा गरि १५ वटा सवारी साधान नियन्त्रणमा लिएका छन् ।

बन्दकर्ताले ५ वटा बस, ४ वटा बाइक, ६ वटा जिप र १० लिटर घरेलु मदिरा समेत नियन्त्रण लिएको संयुक्त आन्दोदलन समिति गुल्मीले जनाएको छ । जिपमा तम्घास तर्फ ल्याउदै गरेको अबस्थामा घरेलु मदिरा बरामत गरि जिल्ला प्रहरी कार्यालयमा पठाइएको बताइएको छ ।
गुल्मीको आन्दोलनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले बताए । लगातार गुल्मी १२ दिन देखि बन्दहुदै आएको छ ।
लगातार १२ दिन देखि गुल्मी ठप्प
अनिश्चित कालिन बन्दले गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा १२ दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् ।
जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् । अन्दोलनकारी गुल्मीबन्दलाई सशक्त बनाउने भन्दै आफना कार्यक्रमहरुलाई कडा पर्दै गएका छन् । बन्दको अबज्ञा गरेको भन्दै गुल्मी गुल्मीको तम्घासका बिभिन्न ठाउँमा र अर्खलेमा गरि १५ वटा सवारी साधान नियन्त्रणमा लिएका छन् । बन्दकर्ताले ५ वटा बस, ४ वटा बाइक, ६ वटा जिप र १० लिटर घरेलु मदिरा समेत नियन्त्रण लिएको अनेरास्वबियु गुल्मीका सहसंयोजक शोभाखर गिरी बताए । जिपमा तम्घास तर्फ ल्याउदै गरेको अबस्थामा घरेलु मदिरा बरामत गरि जिल्ला प्रहरी कार्यालयमा पठाइएको गिरीले बताए ।
संबिधान संसोधनमाको बिरोधमा गुल्मीमा आइतवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पार्न धर्ना दिईरहेका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन, पत्रकार महासंघ,लोक दोहोरी प्रतिष्ठान, नागरिक समाज लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्नादिदै आएका छन् । धर्नाको कारण प्रमुख जिल्ला अधिकारी र स्थानिय बिकास अधिकारी, कर्मचारीलाई रोक लगाउँदै आएका छन् । जिल्लाको आन्दोलनलाई शसक्त बनाउन भन्दै यहि मंसिर २७ गते बृहत सभा गर्ने बताइएको छ । सभालाई ५ नम्बर प्रदेसबाट प्रतिनिधित्व गर्ने सभासद एबं जिल्लाका शिर्ष नेताले सम्बोधन गर्ने संयुक्त अन्दोलन समितिले गुल्मीलेृ जनाएको छ ।
आन्दोलनका कारण गुल्ममा भने कुनै पनि बिद्यालयहरु बन्द गरिएको छैन् । गुल्मीको आन्दोलनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले बताए ।















प्रतिक्रिया