१९ कार्तिक २०८३, बिहिबार

भित्री मधेसमा आगलागी हुँदा करोडौँको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ago-fire

डडेल्धुरा, २६ मङ्सिर । डडेल्धुराको भित्री मधेसमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

परशुराम नगरपालिकाको गाईबाँधे बजारमा शनिबार राति भएको आगलागीमा छ पसल खाद्यान्न सामग्रीका साथै सम्पूर्ण सामग्री पूर्ण रुपले नष्ट भई करोडौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

गाईबाँधे बजारमा राति १२ बजे आगलागी भएको स्थानीयवासी मानबहादुर मालले जानकारी दिनुभयो । पसलभित्र रहेका कुरा नष्ट भएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

मध्यरातमा लागेको आगो आइतबार बिहान अबेरसम्म आएर मात्रै नियन्त्रणमा लिन सकिएको प्रहरीको भनाइ छ । आगो नियन्त्रणमा लिन कठिनाइ हुँदा ठूलो क्षति हुन गएको इलाका प्रशासन कार्यालय जोगबुढाका कार्यालय प्रमुख दत्तुराम पाण्डेयले जानकारी गराउनुभयो ।

पसलमा विद्युत् तार सर्ट हुँदा आगलागी भएको हुन सक्ने पूर्वानुमान गरिएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । रासस