१९ कार्तिक २०८३, बिहिबार

बुद्धको मूर्तिसहित दुई पक्राउ, भाग्न खोजेपछि प्रहरीले गोली चलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrau

बर्दिया, २६ मंसिर । बर्दियाको बाँसगढी–११ माछागड बस्ने ४७ वर्षीय रामबहादुर शाहीलाई धातुले बनेको करिब १३ केजी बराबरको पुरानो बुद्धको मूर्तिसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँसगढी–११ छोडकी देउडास्थित चकिया बाबा सामुदायिक बनमा रहेको जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति गत ११ देखि हराएकोले प्रहरीले खोजतलास गर्ने क्रममा उक्त बुद्ध मूर्तिसहित उनलाई फेला पारेपछि नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेकाले प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको थियो ।

गोली लागेर सामान्य घाइते भएका शाहीको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

साथै शाहीसँगै रहेकी जाजरकोट सिमा–९ बस्ने ३७ वर्षीया राधिका सिंहलाई समेत नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।