१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा राप्रपा–राप्रपा नेपालवीच समायोजन टुङ्गो लाग्न सकेन

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

md– कृष्ण ओझा

पाँचथर, २६ मंसिर । पाँचथरमा राप्रपा र राप्रपा नेपालवीच समायोजन टुङ्गो लाग्न सकेको छैन । दुवै तर्फबाट अध्यक्षमा दावी भएपछि तेश्रो पटकको बार्ता पनि निष्कर्ष विहीन टुङ्गिएको हो ।

शनिबार बार्ता गरेर पार्टी समायोजन गर्ने भनिएको थियो । राप्रपाका नेता मानदेव केरुङ र राप्रपा नेपालबाट नेता घलेन्द्रवहादुर कुरुम्बाङले आ–आफ्नो दावेदारी नछोड्दा समायोजनमा समस्या भएको छ ।

केन्द्रमा राप्रपा र राप्रपा नेपालवीच एकतापछि जिल्ला तहमा पनि समायोजन गर्न लागिएको हो । तर पाँचथरमा भने दुवै तर्फका अध्यक्षले अध्यक्ष पदमा अडान त्याग्न सकेका छैनन् ।

केन्द्रबाट समायोजनका लागि खटाइएका केन्द्रीय सदस्यहरु अमिर मादेन र चतुरभक्त विश्वकर्माले समायोजन हुन नसकेको प्रतिवेदन केन्द्रीय समितिमा बुझाइने बताएका छन् ।