१९ कार्तिक २०८३, बिहिबार

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गर्ने पीडित विद्यार्थीको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

medical-ko-news

काठमाडौं, २५ मंसिर । एम.बी.बी.एस.का विद्यार्थीहरुले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पूर्नप्रकाशित नतिजा नसच्याए तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पाटन एम.बी.बी.एस. संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । संघर्ष समितिका अध्यक्ष विपिन मेहताले बिना सूचना २०७३ साल मंसिर १८ गते गोरखापत्र दैनिकमा प्रकाशित गरेको नतिजा खारेज गरेर २०७३ साल मंसिर १५ गते आएको नतिजालाई कायम नगरे डिन र भिसीको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिए ।

उनले भने,‘दोस्रो पटक प्रकाशित गरिएको नतिजा खारेज गरि पहिलोपटक प्रकाशित भएको नतिजा कार्यान्वयन नगरे उपकुलपति र डिनको कार्यालयमा तालाबन्दी गरेर सशक्त आन्दोलन गछौं, हामी डिनलाई कुनै हालतमा कार्यालय छिर्न दिँदैनौं, हाम्रो कुरा सुनुवाई नभए थप सशक्त आन्दोलन गर्छौं ।’

उनले २०७३ साल कार्तिक २७ गते विद्यार्थी भर्ना छनौटका लागि सञ्चालन भएको परिक्षाको नतिजा प्रकाशित गर्दै त्यसमा ३ सय ७७ जनाको आईडेण्टीफिकेशन नम्बर प्रकाशित गरेको उल्लेख गर्दै भने,‘अन्र्तवार्ताका लागि बोलाईसकेपछि हामीहरुलाई जानकारी नदिई दोस्रो नतिजा निकालेर हामीलाई आईटेण्टीफिकेशन नम्बरबाट हटाईयो ।’

संघर्ष समितिले प्राविधिक त्रुटि भए प्रकाशित गरेको नतिजामा ३ सय ८० जनालाई आईटेण्टीफिकेशन नम्बरमा समावेश गरेको र नयाँ नतिजामा पहिलाको ३ सय ७७ मध्येबाट ९० जनालाई मात्रै आईटेण्डीफिकेशन नम्बरमा समावेश गरेको हुँदा २ सय ८७ जना पीडित भएको गुनासो पोखेको छ । उनीहरुले आफूहरुलाई अन्याय गरेर मानसिक तनाब दिएको आरोप लगाएका छन् ।

समितिले आजको तीन दिनभित्र आफूहरुको माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । कार्यक्रममा समितिका सचिव रुकु बस्नेतले पनि आफ्नो धारणा राखेका थिए ।

पीडित विद्यार्थीहरुको माँगमा डा. विनय पंजीयार अध्यक्ष रहेको नेपाल मेडिकल एण्ड डेन्टल एशोसियसनको समेत समर्थन रहेको छ ।