काठमाडौं, २५ मंसिर । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा पूर्व कार्यकारी उपाध्यक्ष प्रकाशप्रसाद अधिकारीले उम्मेद्वारी घोषणा गरेका छन् ।
झापाको दमक १३ निवासी अधिकारी ३६ बर्षीय अधिकारीले जेसिजलाई समयानुकूल समाजमा समायोजन गर्दै अघि बढाउन आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
जेसिजमा भएका युवाहरूलाई देश विकास र समृद्धीको अभियानमा सहभागी गराउने अधिकारीको योजना छ । उनले भने– ‘देश समृद्धीको महाअभियानमा छ । त्यसका लागि जेसिजले आफ्ना सबै सदस्यलाई उत्पादन र आर्थिक समृद्धीसंग जोडेर देश निर्माणको यो अभियानलाई मेरो कार्यकालमा सघाउनेछ ।’ युवाहरूलाई समाजसेवामा प्रेरित गर्न, सामूहिक सहभागितामा निर्णय गर्न र युवाहरुलाई नेतृत्वमा पुर्याउन आफूले सदैव अग्रणी हुने अधिकारीको दाबी छ ।
सन् २००२ बर्ष अघि जेसिजमा प्रवेश गरेका अधिकारी २०१३ मा दमक जेसिजको अध्यक्ष, २०१४ को उपाध्यक्ष र २०१५ मा कार्यकारी उपाध्यक्ष थिए ।












प्रतिक्रिया