१९ कार्तिक २०८३, बिहिबार

हलेसी दर्शन गरेर फर्कदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

खोटाङ, २५ मंसिर । खोटाङ जिल्लास्थित हलेसी महादेब दर्शन गरेर फर्किने क्रममा उदयपुरको लेखानीमा बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

खोटाङको धार्मिकस्थल हलेसी महादेबको दर्शन गर्न आएका दर्शनार्थीलाई लिएर हलेसीबाट कटारीतर्फ जाँदै गरेको ना ४ ख ३६२० नम्बरको बस उदयपुरको लेखानी– ५ मा दुर्घटना हुँदा शुक्रबार तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिनुभयो । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेको उद्धारका लागि उदयपुरबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएका छन् ।