१९ कार्तिक २०८३, बिहिबार

अनेरास्ववियुले लगायो प्रधानमन्त्रीलाई गम्भीर आरोप, समीक्षा आचार्यको मृत्युको प्रमुख कारक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

15417753_1456276641067166_260875631_oकाठमाडौं, २४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतमा उभिएकी छात्रा समीक्षा आचार्यको मृत्यु प्रकरणबारे छानविन गर्न एमाले निकट अनेरास्ववियुले माग गरेको छ ।

काठमाडौंको रत्नपार्कमा शुक्रबार अपरान्ह आयोजित श्रद्धाञ्जलि सभामा बोल्ने अनेरास्ववियुका नेताहरूले समीक्षा आचार्यप्रति समवेदना प्रकट गर्दै दोषीलाई कारबाहीको माग गरेका हुन् ।

अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाका अनुसार श्रद्धाञ्जलि सभामा बोल्ने विद्यार्थी नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले स्कूलका बालबालिकालाई आफ्नो स्वागतमा लाइन लगाउन लगाएर निर्दोष छात्रा समीक्षा आचार्यको ज्यान लिएको आरोप लगाए ।

विद्यार्थी नेताहरूले समीक्षा आचार्यको मृत्युका विषयमा छानविन गरेर दोषीलाई कारबाहीको माग गरेका छन् । उनीहरूले दोषीलाई कारबाही नगरिए हदैसम्मको आन्दोलनको चेतावनी पनि दिए ।

15409431_1456278461066984_603651948_oअनेरास्ववियुले पञ्चायतकालमा साना बालबालिकालाई स्वागतमा उभ्याएर जसरी प्रधानमन्त्री दाहालले आफ्नो सानका लागि बालबालिकाको प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ ।

अनेरास्ववियुुले विद्यालयका बालबालिकालाई कुनै भीआइपी वा सार्वजनिक कार्यक्रममा स्वागतका लागि उभ्याउने कार्य तत्काल बन्द गर्न माग गरेको छ ।

प्रधानमन्त्री दाहालको स्वागतमा बिहीबार सुर्खेतमा लाइनमा उभिएका बेला समीक्षा अचार्य बेहोस भएर लडेकी थिइन् । उनको उपचारका क्रममा निधन भएको थियो ।