१९ कार्तिक २०८३, बिहिबार

बालाजुमा ग्यांग फाइट हुँदा खुकुरी हानाहान, एक घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackकाठमाडौँ, २४ मंसिर । राजधानीको बालाजुमा ग्यांग फाइट हुँदा खुकुरी प्रहार भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार खुकुरी प्रहारबाट रामेछाप रालु गाविस–९ घर भई बालाजु बाइसधारा बस्ने १८ बर्षीय बिनोद खत्री घाइते भएका छन् ।

उनलाई शुक्रबार बालाजु बाइसधारमा साथी साथी बीच बादविवाद हुदाँ बालाजु कमारीस्थान बस्ने २९ बर्षीय सुजन महर्जनले खुकुरी प्रहार गर्दा घाइते भएकोले उपचारको लागि पिपल्स अस्पताल नयाँबजारमा लगिएको छ ।

खुकुरी प्रहार गर्ने महर्जनको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।