रौतहट, २४ मंसिर । सखुअवा–५ बस्ने २५ बर्षीय लालबाबु ठाकुरलाई प्रहरीले मेड इन युएसए लेखिएको १ थान पेस्तोल र सोको म्याग्जिन १ थान सहित पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई सखुअवा–८ मा शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त पेस्तोल र म्याग्जीन बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया