ललितपुर, २४ मंसिर । ललितपुर जिल्लाका विभिन्न व्यक्तिहरुलाई आफू पाटन अस्पताल र नेपाल मेडिकल कलेज जोरपाटीको डाक्टर भनेर ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको पाटन घर भई हरिसिद्धी बस्ने २९ वर्षीय अनुप गोविन्द वैद्य रहेका छन् ।
वैद्यले आफू डाक्टर भएको, बेलायतको पीआर पाएको, पाटन अस्पताल र नेपाल मेडिकल कलेज जोरपाटीको डाक्टर उल्लेख भएको नक्कली परिचय पत्र बेलायतको नक्कली परमानेन्ट रेसिडेन्ट कार्ड (पीआर) समेत देखाई विश्वास दिलाई बेलायतमा लगेर अध्ययन तथा राम्रो रोजगारीमा लगाई दिने प्रलोभनमा पारी हालसम्म ३४ लाख ६६ हजार ठगी गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ठगिएको उजुरी प्राप्त भएपछि वैद्यलाई पक्राउ गरी अनुसन्धान पश्चात पेश हुँदा ललितपुर जिल्ला अदालतको विहिबारको आदेशानुसार ३० लाख रुपैयाँ धरौटी माग भएकोमा राख्न नसकी मुद्धा पुर्पक्षको लागि कारागार कार्यालय नख्खु पठाइएको ललितपुर प्रहरी प्रवक्ता डीएसपी ईश्वर कार्कीले बताए ।













प्रतिक्रिया