१९ कार्तिक २०८३, बिहिबार

जापानमा ज्यान गुमाएका केसीका परिवारलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-nepali– प्रकाश डोटेल

स्याङ्जा, २३ मंसिर । रोजगारीको सिलसिलामा जापानमा ज्यान गुमाएका युवकको परिवारलाई स्याङ्जा सहयोग समाज जापानले आर्थिक सहयोग गरेको छ ।

स्याङ्जाको अर्जुनचौपारी गाविस ९ केवरेका दीपक केसीको परिवारलाई ८ लाख ९० हजार रुपैयाँ सहयोग गरिएको हो ।

जापान गएको ६ महिनामै गत दशैंका समयमा २७ वर्षीय केसीको हृदयघातका कारण निधन भएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै काँग्रेस जिल्ला सभापति एवं सांसद कमलप्रसाद पंगेनीले समुद्रपारीको देश जापानमा रहेर पनि मृतक केसीको परिवारको स्मरण गर्दै सहयोग संकलन गरी गाउँमै ल्याई पुर्याउनु ठुलो सहयोग भएको बताए ।

रकम हस्तान्तरण कार्यक्रममा स्याङ्जा जापान सहयोग समाजका उपाध्यक्ष सागरमणि भण्डारी, नेपाल रेडक्रस सोसाईटी स्याङ्जाका मन्त्री दीर्घनारायण अर्याल, काँग्रेस अर्जुचौपारी गाउँ सभापति बोधनारायण रेग्मी, माओवादी केन्द्रका शम्भु क्षेत्रीले बोलेका थिए ।

स्याङ्जा सहयोग समाज जापानका सदस्य चन्द्र रोकाहाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संचालन र स्वागत समाजका सदस्य कृष्ण रोकाहाले गरेका थिए ।