काठमाडौं, २३ मंसिर । ललितपुरमा मोटरसाइकल चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार ललितपुर देवीचौर ८ बस्ने २३ बर्षीय सन्तोष चौधरीलाई चोरीको मोटरसाइकलसहित रंगेहात पक्राउ गरेको हो ।
चौधरीले भदौ १८ गते सातदोबाटो चोकमा पार्कीङ गरी रहेको रमेश चौधरीको बा६१प ८५२८ नं. को मोटरसाईकल, मंसिर १५ गते एकान्तकुना यातायात व्यवस्था कार्यालय अगाडी पार्किङ गरी राखेको राजेन्द्र खड्काको बा५१प ४१२९ नं. को मोटरसाईकल र जावलाखेलस्थित नेपाल टेलिकम अगाडी पार्किङ गरी राखेको बा५३प ६१४४ नं. को मोटरसाईकल समेत चोरी गरेका थिए ।
ललितपुर प्रहरी प्रवक्ता डीएसपी ईश्वर कार्कीका अनुसार पक्राउ परेका चौधरीबाट चोरी गरिएका मोटरसाईकल बरामद गरी प्रहरीले उनीमाथि मोटरसाइकल चोरी मुद्धामा अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया