२८ आश्विन २०८३, बुधबार

बम आक्रमणमा आठ सैनिकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakistanएएफपी
पाकिस्तान । अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने सधैँ अशान्त भइरहने पाकिस्तानको आदिवासी इलाकामा बिहीबार भएको सडक किनारको बम विस्फोटमा कम्तीमा आठ सैनिकको मृत्यु भएको सैनिक भएको छ ।

उत्तरी वजिरिस्तानको गुलामखान गाउँमा सैनिकहरु लक्ष्यगरी सो बम विस्फोटन गराइएको छ ।

पाकिस्तानमा सात वटा आदिवासी जिल्लामध्ये एक वजिरिस्तान तालिवान र अलकायदा आतङ्ककारीको बलियो प्रभाव रहेको र उनीहरुको लुकेर बस्ने स्थानको रुपमा रहेको छ । यस आक्रमणमा अन्य कयौँ सैनिक घाइते भएको समेत जनाइएको छ ।

आतङ्ककारीले मिरानसाह गुलामखान सडकमा योजना गरेको विस्फोटक पदार्थ विस्फोटन कम्तीमा आठ सुरक्षाबलको मृत्यु भएको सैनिकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यस अक्रमणको हालसम्म कुनै समूहले जिम्मा लिएको छैन । तर यस इलाकामा पाकिस्तानी तालिवानको बलियो पकड रहेको बताइएको छ ।

आक्रमण तेहरिक इ तालिवान पाकिस्तान (टिटिपी) ले औपचारिक रुपमा युद्धविराम अन्त्य भएको घोषणा गरेको दुई हप्ता पछाडि भएको छ ।

प्रधानमन्त्री नवाज सरिफको सरकारले गत फेब्रुअरीदेखि नै टिटिपीका मध्यस्थताकर्तासँग सात वर्षदेखि जारी यस रक्तपात अन्त्यको लागि शान्ति वार्ता सुरु गरिएको थियो ।
सन् २००७ देखि टिटिपीले जारी राखेका विभिन्न हत्यार हिंसामा पाकिस्तानमा छ हजार ८०० व्यक्तिको मृत्यु भइसकेको छ ।